लगातार ओरालो लाग्यो सुनको मूल्य, आज पनि घट्यो ! कति ?

काठमाडौँ – पुस महिनाको पहिलो दिनबाट उकालो लागेको सुनको मूल्य लगातार दोस्रो दिन पनि ओरालो लागेको छ।

दुई दिन स्थिर रहेर मङ्गलबार ओरालो लागेको सुनको मूल्य बुधबार पनि घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैंयाले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार कायम भएको छ।

बुधबार तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाले घटेको छ। बुधबार तेजाबी सुन प्रतितोला ९३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस