घरको छतबाट आवाज आइरहन्थ्यो, ६ महिना वास्तै गरिनन्, ६ महिनापछि हेर्दा…

छतबाट अनौठो आवाज आइरहन्थ्यो । ६ महिनादेखि यस्तो चलिरहेको थियो । एक दिन यसको जाँच गर्दा यस्तो वास्तविकता खुल्यो कि खुट्टामुनिबाट जमिन नै भासियो । घटना अमेरिकाको जर्जियाको हो ।

यहाँकी लीजा नाम गरेकी एक महिलाको घरबाट यस्तो चीज निस्कियो जसलाई देखेर जो कोही चकित परे । लिजाले जब पहिलो पटक यो घरमा आउँदा यो आवाज सुनिन् उनले वास्ता गरिनन् । उनले सोचिन् यो बाहिरको आवाज होला । तर आवाज बन्द भएन । हेर्दा हेर्दै ६ महिना बिते । लिजाले लगातार आवाज आइरहेपछि यो के रहेछ भनेर जान्ने चेष्टा गरिन् । उनले सहयोगको लागि विशेषज्ञ बोलाइन् ।

जब एक्सपर्टले घरको निरीक्षण गरे तब थाहा भयो घरको सिलिङमा एक लाखभन्दा धेरै माहुरीले डेरा जमाएर बसेका थिए । यस क्रममा उनीहरुले छतमा झण्डै २७ किलो मह जम्मा गरेका थिए । विशेषज्ञले धुवाँको सहयोगले माहुरी उडाए र छतमा बनेको प्लाइउडको खाली ठाउँलाई पूरै बन्द गरिदिए ताकि यहाँ माहुरी फेरि आउन नसकुन् ।

प्रतिक्रिया दिनुहोस