प्रचण्ड नेपालका नेता र सांसद सर्वोच्च र निर्वाचन आयोग जाने

पुष १० काठमाण्डौं । संसद विघटन पछि आन्दोलित बनेको नेकपा प्रचण्ड माधव समुहले आज सर्र्वोच्च अदालत र निर्वाचन आयोगमा नेताहरु लिएर जाने भएको छ ।
विहान १० बजे सर्वोच्च अदालतमा सबै सांसद र केन्द्रीय सदस्य जाने र १२ बजे पछि सबै नेता र सांसद निर्वाचन आयोग जाने तयारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस अघि माईतीघरमा सबै नेताहरु जम्मा हुने तयारी छ । नेकपा भित्र ९३ जना भन्दा बढी सांसद र करीब ३ सय केन्द्रीय सदस्य प्रचण्ड नेपाल पक्षमा रहेका छन् ।
सर्वोच्चमा यस अघि नेकपाका सांसदले सांसद जीवितै रहेको भन्दै रिट दायर गरेका थिए । त्यस्तै निर्वाचन आयोगमा अध्यक्ष ओलीलाई कार्बाही गरेको जानकारी सहित आधिकारीक नेकपा आफूहरु भएको दाबी प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस