यो तस्विरले दुनियाँका आँशु रोकिएनन्, भूकम्पले ध्वस्त घरभित्र ४ दिनसम्म यी बालिका जिउदै

काठमाडौं । हालै टर्की–ग्रीसमा आएको शक्तिशाली भुकम्पमा ज्यान गुमाउनेहरुको संख्या टर्कीमा मात्रै १०० भन्दा धेरै पुगेको छ । टर्कीको इज्मीर शहर सबैभन्दा धेरै प्रभावित भएको छ । अहिले उद्धार तथा राहातको काम जारी रहेको छ ।उद्धारका क्रममा देखा परेको एक दृश्यले सबैको आँखा रसाएको छ । त्यहाँ एक ४ वर्षीया बालिकाको सफलतापूर्वक उद्धार गरिएको छ । उद्धारका क्रममा उनी रोईरहको आवाज सुनेपछि जिउँदै उद्धार गरिएको अधिकारीहरुले जानकारी गराएका छन् ।

यो भवन भूकम्पले सबैभन्दा बढी प्रभावित भएको इज्मिर शहरको हो । इज्मिरका मेयर टन्क सोयरले भने, ‘९१ औं घण्टामा हामीले एउटा चमत्कार देख्यौं । उद्धार टोलीले बालिकालाई उद्धार गरेको छ । हामी धेरै दुःखमा छौं, साथसाथै हामीले यो आनन्दको क्षण पाएका छौं ।’
सफल उद्धार गरिएकी बालिकाको नाम आयदा हो । यो टर्कीमा एक उपनाम हो । यसको अर्थ हुन्छ–जुन चन्द्रमाबाट ओर्लियो । आयदालाई थर्मल कम्बलमा बेरेर एम्बुलेन्समार्फत अस्पताल लगियो ।

प्रतिक्रिया दिनुहोस