के तपाईंको तातो पानी पिउने बानी छ, एकचोटी नछुटाई पढ्नुहोस !!

हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातोपानी पिउने बानी बसाउनुभयो भने तपाईंंको शरीर बिरामी हुनबाट बचाउन सक्नुहुन्छ ।

यसका फाइदाहरु :१. तौल कम गराउँछ: तपाईंंको तौल लगातर बढिरह्यो र धेरै कोसिसपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । तपाईं स्वास्थ राम्रो चाहनुहुन्छ भने खाना खाएपछि १ गिलास तातो पानी खाने गर्नुहोस् ।

२. चिसो हुनबाट बचाउँछ: यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको सेवनले आराम मिल्छ ।

३. महिनावारीको दुःखाइ कम गराउँछ: महिनावारीको दुःखाइ प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । तातो पानीले यो दुःखाइलाई कम गर्न सक्छ । यसरी तातो पानीले पेटको दुःखाइ कम गर्न मद्दत गर्छ ।

४. शरीर सफा गराउँछ: तातो पानी पिउनाले शरीर सफा गर्नलाई मद्दत मिल्छ । र यसले शरीरका धेरै खराबीहरुको सजिलैसँग सफा गरिदिन्छ । तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ । जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ ।

५. अनुहारमा कलिलोपना आउँछ: तपाईंको अनुहारको छालाले तपाईंलाई दुःखी बनाएको छ भने चिन्ताको नलिनुहोस् । आजैदेखि तातो पानी पिउन सुरुवात गर्नुहोस् केही हप्तामै परिवर्तन देख्नुहुन्छ । छालाका अंगहरु नरम हुनेछ र चमक पनि बढ्नेछ ।६. कपालको लागि पनि फाइदाजनक गर्छ: तातो पानी कपाल र छाला दुवैको लागि फाइदाजनक छ । यसले कपाललाई चमकदार बनाउछ र बढाउन पनि मद्दत गर्दछ ।

७. पेटलाई दुरुस्त राख्छ: तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ । साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ । खाना खाएपछि १ गिलास तातो पानी पिउने बानी गर्नुस् । यसो गर्नाले खानालाई छिटै पचाउँछ र पेट हल्का हुन्छ ।८. रक्त सञ्चारलाई सन्तुलन गर्छ: शरीर सुचारु रुपमा चल्नको लागि रक्त सञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ ।

र यसको लागि तातोपानी पिउनु लाभदायक हुन्छ ।९. ऊर्जा बढाउँछ: सामान्य पानीको तुलनामा कागती राखेर तातो पानी पिउनाले तपाईंको ऊर्जा बढेर जान्छ । र पाचन प्रणाली पनि सन्तुलन हुनेछ ।१०. जाडोको दुःखाइ कम गर्छ: तातो पानीले जाडोको दुखाईलाई कम गर्छ । हाम्रो माशंपेशीको ८० प्रतिशत भाग माशंपेशीले बनेको हुन्छ । तातो पानीले माशंपेशीको दुःखाइ पनि कम गर्छ ।

यो पनि :हृदयाघात,मधुमेह, कब्जियत र हड्डी खिइँने समस्याको लागि ‘एभोकाडो’ (घिउफल) यसरी प्रयोग गर्नुस् !:‘एभोकाडो’ फल नेपालीमा ‘घिउफल’ का नामले समेत चिनिन्छ । यो फल झलक्क हेर्दा आँप वा नासपाती आकारको देखिन्छ । यो फल गोलो र लाम्चो आकारको हुन्छ । यसको बोक्रा, गुदी र त्यसभन्दा भित्र गोलो आकारको बियाँ हुन्छ । बोक्रा र बियाँको बीचमा रहेको गुदी खाइन्छ । यो फलको स्वाद नौनी घिउ (मोही पारेर निकालेलगत्तैको नखारेको घिउ) जस्तै हुन्छ । एक हिसाबले भन्ने हो भने यो स्वादहीनजस्तै हुन्छ ।

तर, खान बानी परेका व्यक्तिलाई भने मिठो लाग्छ । यो फलको उत्पत्ति मेक्सिकोबाट भएको मानिए पनि आजकल संसारका विभिन्न मुलुकमा यसको उत्पादन हुन थालेको छ । नेपालमा पनि यो फलको उत्पादन हुन्छ । विशेषगरी काठमाडौंलगायतका पहाडी भूभागमा यसको उत्पादन हुने गरेको पाइन्छ । नेपालको सन्दर्भमा यो फल सामान्यतः कात्तिकदेखि पुस महिनासम्ममा पाक्छ ।

स्वाद लिने विधि:यो फल खाने विभिन्न तरिका छन् । यसको फललाई सिधै ताछेर पनि खान सकिन्छ । फललाई घिउ (बटर) का रुपमा पाउरोटी वा रोटीमा दलेर पनि खान सकिन्छ । सलाद तथा जुस बनाएर वा मसिना टुक्रा बनाई दहीमा फिटेर पनि यसको स्वाद लिन सकिन्छ । मसिना टुक्रा बनाई अनारमा मिसेर हल्का नुन हालेर समेत यसको स्वाद लिन सकिन्छ ।

प्रचुर पोषण तत्त्व:खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कअनुसार एभोकाडोमा पानीको मात्रा करिव ७३ प्रतिशत, प्रोटिन दुई प्रतिशत, कार्बोहाइड्रेड एक प्रतिशत र खनिज एक प्रतिशत पाइन्छ । यसमा करिव २३ प्रतिशत फ्याट (चिल्लो पदार्थ) पाइन्छ । एभोकाडोमा प्रचूर मात्रामा चिल्लो पदार्थ पाइने भएकाले नै यो ‘घिउ फल’ का रुपमा समेत चिनिएको हो ।यसमा ‘क्याल्सियम,’ ‘फस्फोरस’, आइरन’, ‘पोटासियम’, ‘सोडियम’ जस्ता शरीरलाई आवश्यक खनिज तत्त्व पाइन्छ । मान्यतः एक सय ग्राम एभोकाडो फलमा ९ सय ७५ मिलिग्राम पोटासियमको मात्रा हुन्छ, जुन शरीरलाई अत्यावश्यक तत्त्व हो ।

यसमा सूक्ष्म किसिमका विभिन्न पोषण तत्त्व समेत पाइन्छन्, जुन तत्त्व शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यावश्यक हुन्छन् । प्रसिद्ध फुड राइटर (खाद्यसम्बन्धी लेखक) ‘गेलर्ड हाउजर’ का अनुसार एक दाना एभोकाडो खानाले मासुमा पाइने प्रोटिन, बटरमा पाइने फ्याट, हरिया सागसब्जीमा पाइने भिटामिन तथा खनिज, नट्स (ओखर, बदाम, काजु) मा पाइने पोषण तत्त्वका साथै छ पटक खाइने खाना बराबरको शक्ति पाइन्छ ।

शरीरमा ऊर्जा:सन्तुलितरुपमा यो फल खानाले बोसोको मात्रा वृद्धि हुनबाट बचाई शरीरको तौल सन्तुलित रहन सहयोग गर्छ । शरीरमा बोसोको मात्रा कम हुने भएकाले हृदयाघातबाट बच्न समेत यो फल खानु लाभदायक हुन्छ । मधुमेहको नियन्त्रणका लागि पनि यो फल उपयोगी छ । यसमा भएको चिल्लोपनले शरीरमा ऊर्जा दिने भएकाले व्यक्तिलाई आनन्द महशुस हुन्छ ।यसमा प्रचूर मात्रामा पोटासियम पाइने भएकाले यसले रक्तचाप सन्तुलित पार्न पनि सहयोग गर्छ । यसको सेवनबाट उच्च तथा न्यून रक्तचापको जोखिमबाट बच्न सकिन्छ ।

यसमा पाइने फ्याटी एसिडले मुटु स्वस्थ बनाउँछ । एभोकाडोमा करिव सात प्रतिशहत फाइबरको मात्रा हुन्छ । अन्य फलफूलको तुलनामा यसमा बढी नै फाइबर पाइने भएकाले यसको सन्तुलित सेवन गर्दा पाचनसम्बन्धी कब्जियतजस्तो समस्याबाट पनि बच्न सकिन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले आँखा स्वस्थ राख्न सहयोग गर्छ र हड्डी खिइँने समस्याबाट समेत बच्न सकिन्छ । विभिन्न किसिमका पौष्टिक तत्त्व पाइने भएकाले सन्तुलित तथा नियमितरुपमा एभोकाडो खानाले व्यक्ति शारीरिक तथा मानसिकरुपमा स्वस्थ रहनुका साथै ऊर्जा थप्न पनि सहयोग पुग्छ ।

प्रतिक्रिया दिनुहोस