सपना रोका मगरलाई के भयो यस्तो ?

बीबीसीले सार्वजनिक गरेको एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा पर्न सफल १९ वर्षीया सपना रोका मगर यतिबेला सामान्य बिरामी भएर घरमा आराम गरिरहेकी छिन् ।

को हुन् त सपना रोका मगर जो अहिले नेपालमा सबैको मनमस्तिष्कमा परिचित छिन् ?

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् ।गलत साथसङ्गतबाट पनि उनी पर रहन नसकेको स्मृति गर्छिन् ।

कुनै समय नेपालका सञ्चार माध्यमले वेवास्था गरेकी बहिनीलाई जब बेलायतद्वारा सञ्चालित बीबीसी खबरले सय प्रेरणादायी महिलाका रुपमा उनलाई शूचिकृत गर्यो तब मात्र उनको बारेमा लेख्न नेपाली मिडियाहरु होडबाजीका साथ उपस्थित भए । बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ।

राजधानी शहरमा अवस्थित पशुपति आ´र्यघाटमा बेबारिसे ला´सहरुको अन्तिम संस्कार गर्दै आएकी सपना रोका मगरलाई बीबीसीद्वारा यस वर्षको सय प्रेरणादायी महिलाका रुपमा शूचिकृत गरिएको छ । हाल १८ वर्ष मात्र पुगेकी सपनाले यस्तो काम गरिरहेकी छिन् जुन एउटा किशोर वा किशोरीको लागि अनौठो मात्र हैन सुन्दै अपत्यारिलो पनि छ ।

आफन्त बिनाको श´व फेला पार्न साथै त्यसको अन्तिम संस्कार गर्न उनी सक्रियतापूर्ण संलग्न रहन्छिन । उनी भन्छिन् “यस संसारमा हजारौँ मानिस घरबिहिन छन, उनीहरुको घर भने पनि महल भनेपनि यस सडक नै हो । तसर्थ उनीहरुले राम्रो सँग अन्तिम संकार पाउनु पर्छ । यसकारण म यो काम सामाजिक सेवाका लागि भन्दा पनि आफ्नै मन शान्तिको लागि गर्छु । ”

उनले अहिलेसम्म ३५ भन्दा धेरै लाशहरुलाई ब्यवस्थापन गरिसकेकी छिन् । उनी यस संगठन संगै आवद्घ छिन् उनको यस संगठनले सडकबाट परित्यक्त श´वहरु प्राप्त गर्दछ र ती ला´शहरुलाई पोस्टमार्टम जाँचको लागि अस्पताल लाने ब्यवस्था गर्दछ । यदि ३५ दिन सम्म पनि ला´सको खोजी गर्न कोही पनि उपस्थित भएन भने संगठनले यसलाई सम्सान घाटमा ल्याई अ´न्तेस्टि गर्ने काम गर्दछ ।

बेसहराको सहारा हौ तिमी , तिमी उठ्नुपर्छ अझै धेरै कामहरु बाकि छन् जुन तिम्रो हातैले गर्नुछ ।शिघ्र स्वास्थलाभको कामना सपना ।

प्रतिक्रिया दिनुहोस