फेरि के भयो सियोना नानीलाई ?

काठमाडौं। नेपाल स्कटल्यान्ड एसोसिएसन परिवार तथा स्कटलैण्डबासी/ सामाजिक अभियन्ता द्वारा स्पाइनल मस्कुलर एट्रोफी नामक रो’गसँग ल’डिरहेकी नाबालिका सियोना श्रेष्ठलाई केही आर्थिक सहयोग गरेका छन्। थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा, यस नेपाल स्कटलैण्ड एसोसिएसन द्वारा पनि केही आर्थिक रकम सहयोग गरेका छन्।

स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग ल’डिरहेकी सियोनाको उपचारका लागि करिव २५ करोड रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। डेढ वर्षकी सियोनाको हाल उपचार भइरहेको छ।

यस संस्थाको पहलमा स्कटल्याण्डमा रहनुभएका दात्रीहातहरू र सामाजिक अभियान्ता हरू: भोला खनाल, भास्कर अधिकारी, प्रमिला तिमल्सिना गौतम, टीकाराम खराल, मंगला बस्नेत, जूना भण्डारी, स्वश्तिमा कार्की खडका, शारदा दाहाल, शिवा खराल, गोविन्दा राम कँडेल, मेनका कटवाल, सुधा न्यौपाने, दि बि थापा, सुषमा पुन, सिधांत क्षेत्री, आर के श्रेष्ठ, दीपा सापकोटा, जमुना कार्की, गीता खतिवडा, भीमा मैनाली, बीर बहादुर बिष्ट, संगीता अधिकारी खत्री, होम कुँवर, नबीन बस्नेत, शर्मीली लामा, सागर केसी, धर्मराज भट्टराई, सुन्दर खनाल, अनुपमा अधिकारी, मिलेस जोशी तथा यस संस्था द्वारा जम्मा पाउण्ड ९०४ (£904) सहयोग गरिदिन भएको छ भने स्कटलैण्ड बाट भाष्कर अधिकारी, सागर भण्डारी, शेर बहादुर केसी, बिनु श्रेष्ठ, सम्झाना कार्की, शर्मीला थापा गुप्ता, सुसांग बोमजन, माइकल वार्द द्वारा सियोनाको डाईरेक्ट गोफण्डमी फण्ड मा राखी सहयोग गरिदिएकोमा यस संस्था हार्दिक आभार प्रकट गर्दछ।

नेपाल स्कटलैण्ड एसोसिएसन सधैं यहांहरुको यस्तै सहयोगको अपेक्षा गर्दछ र सधैं यस्तै प्रकारका सहयोग गर्न तत्पर रहेको कुरा संस्थाका अध्यक्ष बिजय डंगोल तथा पदाधिकारीहरू बताउँछन् र सियोनाको उपचारका लागि जसले जति सकिन्छ सहयोग गर्न अपिल समेत गरेको छ साथै सम्पूर्ण स्कटलैन्डवासीहरू प्यारी सियोनाको अतिशिघ्र स्वास्थ्य लाभको कामना गर्दछ। सहयोग को लागि तल दिएको गोफण्डमी लिंकमा जानहुन अनुरोध गर्दछौं। http://gf.me/u/yjuj97

सामाजिक संजाल देखा परेको निकै नै चर्चित बिषय हो ‘सियोना बचाऊ अभियान’ भर्खर पख्रिदै गरेको कलिलो कोपिला सियोनाको उपचार नेपालमा सम्भव नहुने भए पछि उपचार गर्न करीब २५ करोडको खर्च लाग्ने हुनाले यति बेला सियोनाको बुवाआमा सहयोग अपिल गरिरहेका छ ।१३ महिना भएकी सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ ।यसको उपचार अमेरिका लगायत उच्च विकसित देशका ठूला अस्पतालमा मात्र सम्भव छ । यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने हुन्छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको हुदा अमेरिका लगि उपचार गर्नुपर्नेछ । लगभग २५ करोड नेपाली लाग्ने भएकाले परिवार स्तब्ध अनि गहिरो चिन्तामा छन् । तर परिवारले आफ्नी छोरी बचाउन हिम्मत हारेन ।

२५ करोड रकम पुर्याउनु सामान्य कुरा छैन । यसैले उनीहरु नानीको जीवन रक्षाका लागि सबैसँग अपिल गरिरहेका छन् । उनीहरुको अपिललाई विश्वभरीका मानिसहरुले स्वीकार गरिरहेका छन् । चर्चित बलिउड सेलिब्रेटी जरिन खानले समेत नानीको उपचारका लागि आफ्नो अफिसियल पेजमा पोष्ट गर्दै अपिल गरेकी छिन् ।बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ ।
ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस