दम, माइग्रेनदेखि क्यान्सरसम्म निको पार्ने रामबाण औषधि हो रिट्ठा ! यस्तो छ प्रयोग गर्ने तरिका

एजेन्सी । आयुर्वेदिक औषधि मानिसको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । प्राचीन समयदेखि नै आयुर्वेदिक औषधिको महत्व दिनप्रतिदिन बढ्दो छ । हाम्रो पृथ्वीमा पाइने जति पनि सजिव बनस्पति छन् अधिकांशमा औषधीय गुण हुन्छ ।

कति थाहा पाएर पनि हामीले प्रयोगमा ल्याएका हुँदैनौं त केही थाहा नपाएर पनि प्रयोग विहीन अवस्थामा छन् । थाहा पाउँदा पाउँदै पनि केही वनस्पतीहरुको हामीले राम्रोसँग सदुपयोग गरिरहेका हुँदैनौं । त्यस्तै मध्येको एक हो– रिट्ठा ।

दम रोगदेखि माइग्रेन र क्यान्सरसम्म ठीक पार्ने रिट्ठाको दानाको समुचित प्रयोग कसरी गर्ने यसबारे हामीलाई जानकारी छैन । रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ ।

रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गर्छ ।

माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् ।

यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ । त्यसैगरी दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो र धुवामा त खपिनसक्नु खोकी लाग्छ । यस्तो अवस्थामा पाँच ग्राम रिट्ठाको धूलोमा २५० मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा लाभ हुन्छ ।

दिनमा दुई तीनचोटि काँढा पिउँदा कफ ठीक हुन्छ र सास फेर्न सजिलो हुन्छ । दाँत दुखेमा रिट्ठाका बिउलाई तावामा भुटेर त्यस बराबर फिटकिरी मिसाएर पिस्नुस् । अब यसलाई दाँतमा दल्नुस् । आराम पाउनुहुनेछ । आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ ।

यस्तो अवस्थामा पनि रिट्ठाको प्रयोग गर्न सकिन्छ । आधा लिटर पानीमा रिट्ठाको धूलो हालेर पकाउनुस् र चिसो भएपछि आधी कप पिउनुस् । दिनदिनै यो पानी पिउँदा आउँ ठीक हुन्छ । अनियमित रजस्वला यसका लागि रिट्ठाको धूलो दुई ग्राममा अलिकति मह मिसाएर खाँदा रजस्वला नियमित हुन्छ ।

रिट्ठाको धूलो सेवनले विभिन्न अंगको क्यान्सरबाट बचाउँछ । घाउ खटिरा तथा छाला सम्बन्धी रोगमा पनि रिट्ठाको पानीले औषधिको काम गर्छ ।

प्रतिक्रिया दिनुहोस