जब बैंकमा पैसा लिन ला’श पुग्यो , कर्मचारीको सा’तो गयो

काठमाडौं। भारतको बिहार राज्यको पटनामा एक बैंकमा एउटा ला’श आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्मचारीको सा’तो गयो । पटनाछेउको शा’हजहाँपुर था’ना क्षेत्रको सि’गरियावांमा केनरा बैंकको शाखामा ला’श पैसा लिन पुगेको हो ।यहाँका महेश यादवको मंगलबार बिहान मृ’त्यु भएको थियो ।

मृ’त्युपछि गाउँलेहरुले अ’न्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मा’गे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् । यो कुराले रिसाएका गाउँलेले यादवको ला’श लिएर बैंकमा पुगे र ला’शलाई बैंकभित्र राखिदिए ।

लगभग ३ घण्टासम्म बैंकमा महेशको ला’श त्यत्तिकै रह्यो ।गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् । अन्ततः म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर वि’वाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको ला’श लिएर अ’न्तिम सं’स्कारको लागि गए ।खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् । बैंक खातामा उनले आफ्नो कुनै ह’कदार पनि उल्लेख गरेका थिएनन् र उनको के’वाइसी फाराम पनि जम्मा भएको थिएन । त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन मानेको थिएन ।

प्रतिक्रिया दिनुहोस