श्रीमानले मात्रै होईन स्वास्थ्यले पनि धोका दियो दुबै मृगौला फेल, सहयोगको याचना गर्दै सुशिला

बागलुङ, मृगौलाको समस्याबाट प्रताडित निसीखोलाकी एक महिलाले सहयोगको अपिल गरेक छिन् । निसीखोला गाउँपालिका—१ की ३३ वर्षीय सुशिला पुनले मृगौलाको समस्यापछि उपचारका लागि आर्थिक अभाव भएकोले सहयोगको याचना गरेकी हुन् ।

उनले बुधबार बागलुङमा पत्रकार भेटघाट गरी सहयोग अपिल गरिन् । दुबै मृगौला फेल भएपछि उपचारका लागि साढे आठ लाख हाराहारीमा खर्च भैसकेको र आर्थिक अवस्था कमजोर भएका कारण सहयोगको अपिल गर्नुपरेको उनका दाजु भक्तबहादुर पुनले बताए ।

पीडित पुनको पहिले युनाईटेड मिसन अस्पताल पाल्पामा त्यसपछि भैरहवाका युनिभर्सन कलेज अफ मेडिकल साईन्समा उपचार भए पनि सफल नभएपछि अलिहे पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार चलिरहेको छ । गएको १९ महिना यता उनको दुबै मृगौलाले काम गर्न छोडेको हो ।

११ महिनायता नियमित डाईलासिस गरिएको र त्यसका लागि मासिक ३० हजार खर्च हुने गरेको दाजुले बताए । ‘घरको आर्थिक अवस्थामा कमजोर छ, उपचारमा ठूलो रकम खर्च भैसक्यो अझै पनि कति खर्च हुने कुनै टुंगो छैन,’ उनले भने,

‘अब घरको सबै जायजेथा विक्री गर्दा पनि उपचार हुन नसक्ने अवस्था आएपछि सहयोगको याचना गर्न आएका छौं ।’ सुशिलाका शरिर सुनिने, स्वाश प्रणालीमा समस्या आएपछि अस्पतालमा गएर जाँच गर्दा मृगौलामा समस्या देखिएको थियो ।

उपचारको लागी धेरै रकम खर्च भैसकेको र मृगौला फेर्नु पर्ने नै बिकल्प रहेकाले परिवारले सवैको सहयोगको अपेक्षा गरेको हो । पीडितको हेमोडायलासिस नभएर पेरिटोनियल डायलासि गर्नुपर्ने भएकाले आर्थिक रुपमा उपचार गर्न झनै असहज भएको भक्तबहादुरले बताए ।

सरकारले हेमोडायलासिस निःशुल्क गर्ने भनिए पनि पेरिटोनियल लडायलासि केही छुट दिएर रकम लिने गरेको छ । कृषि पेशामा निर्भर रहेको पुनको परिवार आर्थिक रुपमा कमजोर भएका कारण मृगौलाको उपचारका लागि समस्या भएको छ ।

मृगौला पीडित पुनले आफ्नो जीनव रक्षाको लागि आर्थिक सहयोगको याचना गरेकी छन । ‘सानै उमेरमा बिहे भयो, जीवनसाथीले धोका दियो, घरबार राम्रो भएन,’ उनले भनिन्,‘धैरैलाई सहयोग गरेर उपचार पाएको समाचार सुनेको थिएँ । मलाई पनि सहयोग भयो भने नयाँ जीवन पाउने आशमा छु ।’

आफ्नो नागरिकता समेत नुहुँदा बैंक खाता खोल्न समेत नसकिएको पीडितको गुनासो छ । मृगौला पीडित पुनका दाजुले शुशिला पुन बचाउ अभियान मार्फत उनको जीवन रक्षाका लागि आर्थिक सहयोग संकलन गरिएको बताए । बागलुङ नगरपालिका—९ तित्याङका वडाध्यक्ष गणेश थापाले आर्थिक समस्यामा उपचार नपाएकी सशिलालाई सबैले सहयोग गर्न आग्रह गरे ।

उपचारका सहयोग गर्न चाहानले उनका दाजु भक्तबहादुरको प्रभु बैंकमा रहेको खाता नम्बर ०५९००४८७८०१०००१२ मा रकम जम्मा गर्न सक्ने सहयोग संकलन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस