१० जना कैदि जेलको छत फोड्न सफल, तर भाग्नै लाग्दा १ जना साथी प्वालमा अड्कीएर चिच्याउन थालेपछि मच्चियो हंगामा

एजेन्सी । ब्राजिलको एक जेलबाट एकसाथ १० कैदि भाग्न झण्डै सफल हुन लागेका बेला पक्राउ परेका छन् । ब्राजिलको कासास्थित कस्टडिया जेलमा रहेका केही कैदीले भाग्नका लागि जेलको छतमा ठूलो भ्वाङ् पार्न सफल हुँदासम्म प्रहरीले सुईको समेत पाएन ।

उक्त प्वालबाट एक एक गरी ८ कैदी बाहिर निस्किन सफल भए । अन्तिममा रहेका २ जना कैदीमध्ये १ जना उक्त ढ्वांमा अड्कीए त्यसपछि हल्लाखल्ला नै मच्चिन पुग्यो ।

उक्त प्वालमा अड्कीएका कैदी चिच्याउन थालेपछि प्रहरीले सुईको पायो र भागदौड मच्चिँदा मच्चिँदै उनीहरु पक्राउ परे । अप्ठ्यारोमा परेका कैदिको प्रहरीले तस्विर समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस