यूरिक एसिड बढ्नु हो खतरनाक,यसका स्माधानका ५ उपाए जानी राखौँ

३० वर्ष नाघे लगतै प्रायजसो मानिसलाई गठिया र यसमा दुखाई एवम् सूजन हुने समस्या देखापर्छ । अस्वस्थकर खानपानले यो समस्या बढाउन सक्छ । शरीरमा यूरिक एसिडको स्तर बढ्दा यस किसिमको समस्याहरू बढ्छ । यस्तो स्थितिमा तपाईको यी ५ उपाय निकै सहयोगी हुन्छ ।

१- भिटामिन सी ले भरिपूर्ण फलफूलको सेवनले यूरिक एसिड कम गर्न निकै सहयोगी हुन्छ । यसको साथै चेरी, ब्लूबेरी जस्ता फलको जूस, शरीरमा बढेको यूरिक एसिडको मात्रालाई कम गर्न मद्दत गर्छ ।

२- उच्च फाइबरयुक्त आहारको सेवन पनि बढेको यूरिक एसिडलाई कम गर्न सहायक हुन्छ । यो यूरिक एसिडलाई सोस्न सहयोगी हुन्छ ।

३- स्याउको सिरका पानीको साथमा मिलाएर सेवन गर्दा निकै फाइदाजनक हुन्छ । चिकित्सकहरूले पनि यूरिक एसिडको स्तर कम गर्नको लागि केहि औषधी दिने गर्दछन्, जुन तपाईको स्वास्थ्य र शरीरको प्रकृति अनुसार दिने गरिन्छ । चिकित्सकको सहयोग लिनु एक राम्रो उपाय सावित हुनेछ।

४- हरियो धनियाँ एन्टीअक्सीडेन्ट्सले भरिपूर्ण हुन्छ र एक किसिमले डाइयूरेटिक को रूपमा काम गर्छ । यसको जूसको भरिपूर्ण मात्रामा सेवन गर्दा गठिया र अन्य समस्याबाट आराम दिउलाउँछ ।

५- बोसोयुक्त चीज र अधिक गुलियो खानपान एवम् पेय पदार्थको सेवन यूरिक एसिडको स्तरलाई कम गर्न बाधा उत्पन्न गर्न सक्छ । यूरिक एसिड बढ्दा जाँडरक्सी र यी चीजको सेवन गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस