राखी सावन्तको विवाहका बारेमा राखीका भाई राकेशले खुलाए रहस्य, कहाँ छन् राखीका श्रीमान् रितेश

बलिउड नायीका राखी सावंतको विवाहित जीवन एक पटक फेरि चर्चामा छ । राखी आफ्ना पति रितेशको पर्खाइमा छन् । किनकि उनी विश्वलाई विश्वस्त पार्न चाहान्छिन् कि उनी वास्तवमै विवाहित हुन्। राखी आफ्ना पति रितेश मिडियामा आएर उनलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरुन् भन्ने चाहान्छिन्।

अहिले उनका भाई राकेश सावन्तले साक्षात्कारमा ईटाइम्स मिडियालाई भनेका छन्, राखी र रितेशको वास्तविक विवाह भएको हो । विवाहमा उनी पनि सामेल थिए । उनले भने, लकडाउनले राखीलाई नराम्ररी प्रभाव पारेको छ र हामी सबै जना रितेश भिनाजु कम्तिमा एक पटक भारत आउन भन्ने चाहेका छौं । रितेश विदेशमा छन्, उडान अझै बन्द छ र ऊनी पनि भारत आउने प्रयास गरेका छन् । म मानिसहरूलाई भन्न चाहान्छु कि विवाह झूट होइन।

राखी अहिले रियालिटि शो विगबसमा छन् । उनले शो मा आफ्ना श्रीमान् का बारेमा पनि केही कुरा राखेकी थिइन् । विवाह भएकै दिन आफुलाई होटलमा छोडेर श्रीमान् हिडेको कुरा उनले बताएकी थिइन् । विवाहकै दिन मिडियाले घर घेरेपछि रितेश रिसाएर हिडेका थिए । उनी मिडियामा आउन चाहन्नन् । तर राखीका भाइका अनुसार राखीको काम प्रति उनका भिनाजुलाई कुनै आपत्ती छैन ।

प्रतिक्रिया दिनुहोस