वास्तुशास्त्रः बेडरुममा रातो बेडसिट राख्नु हुँदैन, थाहा पाउनुहोस् अरु के के राख्नु हुँदैन

एजेन्सी । भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

कसैसँग यति पनि समय छैन कि आफ्नो जीवनसाथीको जीवनमा के भइरहेको छ बुझ्नलाई । यस्तो अवस्था चलिरहँदा झैझगडाको वातावरण बनिराख्छ । त्यही कलहका कारण बाहिरी सम्बन्धमा ध्यान जानपुग्छ । यसको अर्को कारण पनि हुनसक्छ । जसलाई धेरैले ख्याल गरेका हुँदैनन् ।

के तपाईलाई थाहा छ तपाईको घरमा रहेका वास्तु दोषका कारण पनि एक्स्ट्रा मरिटल अफेयरले जन्म लिनसक्छ ।

यो कुरालाई धेरैले अस्विकार गर्न पनि सक्छन् तर वास्तुशास्त्रका अनुसार एक्स्ट्रा मरिटल अफेयर हुनका लागि वास्तु दोषी पनि हुने गरेको मानिन्छ । थाहा पाउनुहोस् कस्ता वास्तु दोषका कारण तपाईको जीवनमा समस्या आउने गर्छ ।

१. बेडरुमलाई वास्तु शास्त्रका हिसाबले बनाउनु पर्छ । यसलाई उत्तर पश्चिम दिशामा राख्नुहुँदैन । २. बेडरुममा रातो बेडसिट पनि राख्नु हुँदैन । यो एक खाले वास्तु दोष हो ।

३. बेडको ठीक अगाडि सिसा पनि लगाउनु हुँदैन । यस्तो छ भने सिसा अगाडि कपडा लगाउनुहोस् । ४. यदी बेडरुममा दराज छ भने त्यसलाई शयनकक्षको उत्तर पश्चिम वा दक्षिण दिशामा राख्नुपर्छ ।

५. वास्तु शास्त्रका अनुसार यदी घर दक्षिण–पश्चिम दिशा वा उत्तर–पश्चिम दिशामा छ भने दोष रहेको छ । यसले श्रीमान श्रीमतीको सम्बन्धलाई बिगार्ने गर्छ ।

६. घरको भित्तामा हुने रंग, गलत दिशामा बनेको सिडीले पनि एक खाले बास्तु दोष हो ।

यी कुरामा पनि ध्यान दिनुहोस्

जो मानिसको बेडरुम गलत दिशामा छ, उनीहरुले कोठामा हाँसको चित्र भित्तामा राख्दा राम्रो राधा कृष्णको प्रेममय फोटो पनि लगाउन सक्नुहुन्छ । यस्तो गर्नाले कोठामा वास्तु दोष हराउँछ । अन्य देवी देवताको फोटो पनि कोठामा लगाउन सक्नुहुन्छ ।

जोडीमा माछाको तस्बिर राख्नु पनि राम्रो मानिन्छ । यसले सकारात्मक उर्जा दिन्छ । बेडरुमलाई जहिले पनि सजाएर राख्नुहोस् । वस्तुमा धुलो लागेमा राम्रो मानिदैन ।

प्रतिक्रिया दिनुहोस