आज माघ १ अर्थात माघे सङक्रान्ति

माघ १ गते माघे सङक्रान्तिको रुपमा नेपाल अधिराज्यभर मनाउने गरिन्छ । यो पर्व घ्यू, चाकु, तिलको लड्डु, तरुल खाएर हर्षोउल्लासका साथ मनाईन्छ । विशेष गरि तराईका थारु जाति र मगर जातिले यो पर्व भव्य तरिकाले मनाउने गर्छन् ।

उनिहरुले यो पर्वलाई नयाँ वर्षको रुपमा स्वागत गर्छन् । नेवारहरुले पनि यो पर्वलाई घ्यःचाकु संल्हु को रुपमा मनाउने गर्छन् । यो पर्वमा नेवारहरुले काँचो तरुल पनि खाने गर्छन् । काँचो तरुल खाँदा वर्ष भरि कुनै पनि खाना खाँदा घाँटीमा अड्किन्न भने जनविश्वास छ । सरकारले पनि माघे सङक्रान्तिको दिन सार्वजनिक विदा दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस