लोकप्रिय अभिनेतालाई झड्का

जति सुकै प्रख्यात व्यक्ति भए पनि सवैले मन पराउँछ नै भत्रे छैन । ठिक यहि कुरा लागु भएको छ भारतका लोकप्रिय अभिनेता अमिताभ वच्चनको आवाजलाई । कोरोना महामारीको सचेतनाको लागि मोवाईलको व्याकटोनमा राखिएको अमिताभको आवाजदेखि आफु दिक्क भएको भन्दै उनि विरुद्ध एक व्यक्तिले अदालतमा उजुरी दिएको छ ।

त्यस व्यक्तिले कसैलाई फोन गर्दा अमिताभको स्वरले दिक्क लागेको भनि दिल्लीको एक अदालतमा उजुरी दिएका हुन् । हुन त अमिताभ आफै पनि एक कोरोना संक्रमित हुन् । यसरी एक कोरोना सचेतना दिने व्यक्ति नै स्वयम् संक्रमित कसरी भए भन्ने कुरा पनि उठाईएको छ ।

हामी सवैलाई थाहा भएको कुरानै हो नेपालमा जस्तै कसैलाई फोन गर्दा भारतमा पनि कोरोना सचेतनाको लागि व्याकटोन वज्ने गर्दछ । विश्वस्त सुत्रको जानकारी अनुसार यो सम्वन्धमा अमिताभ आफैले माफी मागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस