४० के.जि. को फुटवल इम्याजिन गर्न सक्नु हुन्छ कसरी किक हान्ने ? कसरी कन्ट्रोल गर्ने ? तैपनि यो खेल भईरहेको छ ७०० साल देखि । यो पालि पनि भयो तर खेल भयो ड्र ।
हो भारतको बूंदी जिल्लावाट २५ किमी टाढा बरुंधन गाउँमा मकर संक्रान्तिको दिन एक रमाईलो परम्परागत खेल खेलाउने गर्दछ । काम नलाग्ने कपडावाट वनेको फुटवल जस्तो डल्लो खेल्न त्यस गाउँका वासिन्दा एक अर्कालाई आमन्त्रण गर्छन् । खेल विहानवाट साँझसम्म चल्ने गर्छ । यो खेल दुई टिम विच हुन्छ र तयारी १ महिना अगाडिवाट चल्छ ।
राजपुत समाज र गाउँमा वस्ने विच हुने यस खेलमा युवा र प्रौढ सवै सहभागी भएर आपसी भाईचाराको परिचय दिन्छन् । यो खेल खुव जोशका साथ तर झगडा नगरी आपसी समझदारीका साथ खेलिन्छ । जुन वेला यो खेल चलिरहेको हुन्छ लाग्छ की फुटवलको वल्र्डकप चलिरहेको छ । सवै गाउँले घरको छतमा चढि यो खेल हेर्ने गर्छन् । यो खेल यति चर्चित छ कि आसपास गाउँहरुवाट पनि धेरै मानिसहरुको भिड जम्मा हुने गर्छ ।
प्राचिन समयदेखि चलिआएको यो खेललाई अझै सम्म गाउँलेहरुले जिवित नै राखेको छ । ३ घण्टा सम्म चल्ने यो खेल गाउँलेहरु पुरै दिन खेल्छन् । यो पालि भएको दुई टिम विचको खेल ड्र भयो । यो खेल प्राचिन समयमा राजाहरु र गाउँलेहरु विच मकर संक्रान्तिको दिन भाईचाराको लागि शुरु भएको थियो । अहिले पनि यो खेल त्यति नै हर्षोल्लासका साथ खेलिन्छ ।