प्रचण्डले पार्टीका सबैलाई लखेटे, बिचरा बाबुराम धोती र कूर्ता लगाएर हिड्दैछन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिगतमा पार्टीका विभिन्न व्यक्तिलाई लखेटेको लखेटेकै गरेको आरोप लगाउनु भएको छ । प्रचण्डले आफ्नो राजनीतिक गुरु मोहन वैद्यलाई पनि त्यसैगरी लखेटेर लखेटेर पार्टीको बास मिलाई दिएको आरोप लगाउनु भयो ।

शनिबार काठमाडौंमा प्रधानमन्त्ती ओली समुहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड जुन पार्टीमा गएपनि त्यहाँ भाँडभैलो हुनो गरेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले डाक्टर बाबुराम भटट्राईलाई पनि प्रयोग गर्नुसम्म गरेर अन्त्यमा लखेटेकाे प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले प्रचण्डलाई खास ठाउँमा डा. लेखिएको व्यक्ति चाहिएको र पछि डा. न सा भनेकाे आरोप लगाउनु भयो ।

प्रधानमन्त्री ओलीले अहिले डाक्टर मान्छेले धोती कुर्ता लगाएर हिडिरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डलाई त्यतिबेला डा. लेखिएको मान्छे चाहिएको रहेछ, डा.पनि खास ठाउँको, खुब प्रयोग गरेपछि विचरा डा. न सा, अहिले त धाेती कूर्ता लगाएर हिड्नुहुन्छ उहाँ।’

त्यस्तै प्रचण्डले विप्लवलाई भने जंगलतिर लखेटेको आरोप लगाउनु भयो । तर आफूभने प्रचण्डसँग नहारेको प्रधानमन्त्री ओलीले जिकीर गर्नुभयो ।

भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गर्नुभयो । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उहाँले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मा’रेर वा लु’टपा’ट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।”
SOURCE- ETAJAKHABAR.COM

प्रतिक्रिया दिनुहोस