खुट्टाको औँलामा लुकेको हुन्छ किस्मतको राज, यसरी थाहा पाउनुहोस् कस्तो छ तपाईको भाग्य

काठमाडौँ । मानिसको व्यक्तित्वलाई खुट्टाको औंलाले झल्काउँछ। खुट्टाको औंलाको आकारलाई हेरी तपाईंको व्यवहारबारे बुझ्न सकिन्छ। तपाईंको चरित्रलाई खुट्टाको औंलाले संकेत गर्छ भन्ने कुराको विश्वास गरिन्छ।

ठूलो औंलाः खुट्टाको ठूलो औंला वा पहिलो औंला अरु औंलाभन्दा धेरै लामो छ भने, त्यस्ता व्यक्ति स्मार्ट र क्रियटिभ स्वभावका हुन्छन्।

समस्याको छिट्टै समाधान गर्न सक्छन्। त्यसैगरी तपाईंको ठूलो औंला अरु औंलाभन्दा सानो छ भने, एकै समयमा धेरै काम गर्न सक्ने क्षमताको संकेत गर्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दोस्रो औंलाः खुट्टाको दोस्रो औंला लामो हुने मानिसहरु लीडर बन्न सक्ने गुण भएका हुन्छन्। यिनीहरुमा गतिशिल र सृजनात्मक गुण हुन्छ ।

तेस्रो औंलाः खुट्टाको तेस्रो औंला लामो भएका व्यक्तिहरु आफ्नो काममा उर्जावान र सिपालु हुन्छन् ।यिनीहरु जीवनमा पूर्णता चाहन्छन्। र यीनीहरुले जीवनमा धेरै चीज प्राप्त गर्छन्।

आफ्नो कामको लागि परिवार , प्रेम र मनोरञ्जनलाई पनि बिर्सन सक्ने यीनीहरुको नराम्रो स्वभाव हुन्छ। त्यसैगरी तेस्रो औंला सानो भएका व्यक्तिहरुले भने जीवन धेरै रमाईलो पूर्वक बिताउँछन्। यीनीहरु जीवनमा काम गर्न भन्दा आराम लिनमा रुची राख्छन्।

चौथो औंलाः चौथो औंला लामो भएका व्यक्तिले आफ्नो परिवारलाई निकै नै महत्वपूर्ण मान्छन्। यदि तपाईंको चौथो औंला घुमाउरो किसीमको छ भने, प्रेमसम्बन्ध निकै नै नराम्रो हुन्छ ।चौथो औंला सानो भएका व्यक्तिहरुका लागि परिवार र सम्बन्ध त्यति महत्वपूर्ण हुदैन ।

सानो औंलाः अन्तिम औंला सानो भएका व्यक्तिहरुको स्वभाव बच्चाको जस्तो हुन्छ। यिनीहरु जिम्मेवारी बहन गर्न मनपराउँदैनन्। र चाडैं निराश हुने गर्छन्। यस्ता व्यक्तिहरु रमाईलो गर्न मनपराउँछन्।

प्रतिक्रिया दिनुहोस