दोस्रो बच्चाको आमा बन्दै करिना, शेयर गरिन् योगाका तस्वीर

एजेन्सी । चर्चित बलिउड अभिनेत्री करिना कपूर दोस्रोपटक आमा बन्ने भएकी छन् ।करिनाले आफू दोस्रो पटक आमा बन्न लागेको पुष्टि गर्दैै इंस्टाग्राममा केही तस्वीर राखेकी छन् । तस्वीरमा उनी योगा गरिरहेको देख्न सकिन्छ । तस्वीरमा उनी गर्भवती भएको प्रस्ट देख्न सकिन्छ ।

सैफ अली खानसँग विवाह गरेकी करिनाको एउटा छोरा यसअघि नै रहेको छ । करिना र सैफको छोराको नाम तैमुर अली खान हो । तैमूर अहिले ४ वर्षक भए ।सैफ र करिना हालै नयाँ घरमा सरेका छन् । पहिलाको घर सानो भएको भन्दै उनीहरु नयाँ घरमा सरेका छन् । उनले नयाँ घरको तस्वीर पनि इंस्टाग्राम सेयर गरेकी थिइन् ।

करिना छिट्टै नै आमिर खानसँगको फिल्म ‘लालसिंह चट्डा’मा देखिँदै छिन् । यस्तै उनी अद्वैत चन्दद्वारा निर्देशित टम्स ह्याङ्क्सको फिल्म ‘फोरेस्ट गम्प’को हिन्दी रिमेकमा पनि काम गर्दैछिन् । यो फिल्म २०२१ को अन्त्यमा रिलिज गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस