भाग्यमा छ भने भगवानले २० क’रोडले हान्छन्, टिनको छानो फु’टाएर घर भित्र आउँछ धन

गोर्खाली खबर

काठमाडौं। मानिसको भाग्य कतिबेला बदलिन्छ पत्तै हुँदैन । मानिसहरु रातारात क’रोड पछि हुन्छन् । हिन्दीमा एउटा चर्चित उखान छ ‘उपर वाला जब देता है तो छप्पर फाड के देता है’ अर्थात भगवानले दिए भने घरको छानो फु’टाएरै दिन्छन् । यस्तै भएको छ इण्डोनेसियाका एक युवकसँग ।

भगवानले उनलाई यति धेरै धन दिए जसको उनले कल्पना पनि गरेका थिएनन् । र, सबैभन्दा रोचक त उनलाई भगवानले यति धेरै धन उनको घरको छानो फु’टाएरै दिए । बीबीसी इण्डोनेसियाको रिपोर्ट अनुसार जोसुआ हुतागालुङ नामका ३४ वर्षका ती युवकलाई बेलायती मिडियाले फोन गरेर ‘नयाँ करोडपति’ भन्दा उनी चकित परे ।

खासमा गएको अगष्ट महिनामा उनको घरमा आकाशबाट एउटा ढुंगो खसेको थियो । त्यो ढुंगो उनको घरको छानो फु’टाउँदै खसेको थियो। अहिले त्यो ढुंगाको मूल्य एक अनलाइन प्लेटफर्ममा प्रतिग्राम ७५७ पाउण्ड परेको छ । त्यो ढुंगो १ किलो ८०० ग्रामको छ जसको मूल्य १.४ मिलियन पाउण्ड (२० करोड नेपाली रुपैयाँ भन्दा बढी) पर्न जान्छ ।

जोसुआ मानिसको ला,श राख्ने काठको क’फिन बनाउने व्यक्ति हुन। उनले त्यो ढुंगा २० करोड इण्डोनेसियन रुपीमा बेचेको उत्तरी सुमात्राका एक पत्रकार देदी हेर्मावानलाई बताएका थिए जसले बुधबार बीबीसी इण्डोनेसियालाई यसको जानकारी दिएका थिए । उन ले त्यो ढुंगा सुमात्रामा बस्दै आएका अमेरिकी नागरिक जारेड कोलिन्सलाई १७ अगष्टमा बेचेको पनि बताएका थिए ।

जोसुआले ढुंगाको मूल्य २०० मिलियन रुपी र ढुंगाले भ’त्काएको घर मर्मत गर्न १४ मिलियन रुपी गरी २१४ मिलियन रुपी पाएको बताएका थिए । उनले यो रकम लिएको प्रमाण दिन भने अस्वीकार गरे । जोसु आमा अनुसार उनले आफ्नो घरमा खसेको सबै ढुंगा बेचेका छैनन् । उनले कोलिन्सलाई १ किलो ८०० ग्राम बेचे तर उनको घरमा खसेको ढुंगाको तौल २ किलो २०० ग्राम थियो ।

बेचेर बाँकी रहेका टुक्रा आफन्तहरुमा बाँडिएको उनले बताए । ‘मैले ५ ग्राम पाएँ’ उनले भने । उनले बाँकी रहेको टुक्रा नबेच्ने बताए। उनले बाँकी रहेको ५ ग्राम सम्झनाको लागि राख्ने बताए। ‘५ ग्राम सानो टुक्रा हो’ उनले भने ‘यसलाई सम्झनाको लागि रहन दिउँ ।’

प्रतिक्रिया दिनुहोस