अब्धबिश्वासको यो रुप ! स्कूलका प्रिन्सिपल दम्पतिले भारतमा दुई जवान छोरीको ब’लि दिए

गोर्खाली खबर

एजेन्सी । अन्धबिश्वासको यस्तो हद देखेर जो पनि अचम्ममा पर्न सक्छ । भारतमा हालै भएको एक घछनाले सन्सारलाई अचम्ममा पारेको छ ।

त्यहाँ आमा बुबाले आफ्ना दुई जवान छोरीहरूको जीवन लिएका छन् । यो घटना चित्तोर जिल्लाको मदनपल्ले सहरमा आइतबार भएको थियो ।

अचम्मलाग्दो कुरा के छ भने दुबै अभिभावक शिक्षित छन् । छोरीहरु अलेख्या २७ बर्ष र साई दिव्या २२ बर्षकी को रुपमा पहिचान गरिएको छ ।

परिवार मदनपल्लेको शिवालयम मन्दिर स्ट्रीटमा बस्थ्यो । यो आरोप लगाइएको छ कि आमाले दुबै छोरीलाई ड म्बे लले हा ने र घटना गरे ।

आजतकमा छापिएको एक समाचार अनुुसार, एउटी छोरीको शव पूजा कोठामा भेटियो । अर्को कोठामा अर्की छोरीको शव भेटिएको थियो । दुबै शव रातो कपडाले ढाकिएका थिए ।

आमा पद्मजा र बुबा पुरुषोत्तम नायडू दुबै प्रधानाध्यापक हुन् । जेठी छोरी अखेल्याले भोपालबाट मास्टर डिग्री हासिल गरेकी थिइन् । साना दिव्याले बीबीए गरिसकेकी थिइन् ।

साई दिव्या मुम्बईको एआर रहमान म्यूजिक स्कूलको विद्यार्थी थिइन् र लकडाउनको क्रममा घर फर्कीएकी थिइन् । छिमेकीका अनुसार बाबु आमाको ब्यवहार छोरीप्रति अनौठो रहेको देखिएको थियो ।

जब पुलिसले उनीहरूलाई सोधपुछ गरे, उनीहरूले भने कि उनका दुबै छोरीहरू घाम उदाउँदा जी वि तै हुनेछन् किनभने कलयुग अन्त्य हुनेछ र सोमबारदेखि सत्यगुग सुरु हुनेछ । अलेख्या र साई दिब्याको यो तस्वीर भारतीय समाचारमाध्यमबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस