अन्तरजातिय विवाह गरेकी बहिनीलाई फकाएर बोलाए, दाईहरुले नै शव नै गायब बनाए

गोर्खाली खबर

एजेन्सी । अन्तरजातीय विवाह गरेकी बहिनीलाई उनका दाईहरुले निकै माया गरेर घर बोलाए । बहिनीले कल्पना पनि गर्न सकिनन् दाईहरुको उद्देश्य के थियो ? तर अन्तरजातिय विवाह गरेकै कारण दाईहरुले नै बहिनीलाई माइत बोलाएर शव समेत गायब बनाएका छन् ।

दाइहरुले बहिनीको ज्यान लिए । यो घटना भारत उत्तर प्रदेशको मैनपुरी जिल्लाको हो। मैनपुरीकी युवतीले अन्तरजातिय विवाह गरेकी थिइन् । युवती विवाह गरेर दिल्ली युवकको घरमा पुगेकी थिइन् । उनीहरुले विश्वास दिलाएर बहिनीलाई फिर्ता बोलाए ।

दुई भाई मिलेर बहिनीको शव नै गायब बनाए ।युवतीको श्रीमानले दिएको उजुरीका आधारमा प्रहरीले ति युवतीका दुई दाईलाई पक्राउ गरेको छ । तर अहिले सम्म पनि बहिनीको शव फेला परेको छैन ।

यो पनिपढ़नु होस:बिहे गराउन जग्गेमा बसेका पण्डितले नै दुलही भगाएपछि…

एजेन्सी – भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् ।

मध्यप्रदेशको विदिशा जिल्लामा रीनाले एक युवकसँग बिहे गर्न लागेकी थिइन् । त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन् ।

बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् । माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागेकी थिइन् । स्थानीय प्रहरी प्रशासनले पण्डित र युवतीको पहिल्यैदेखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस