जमिन खन्दा एकैपटक निकाले ३ करोड मूल्यको सुन

काठमाडौं।

दक्षिणी अस्ट्रेलियामा जमिन उत्खनन गर्ने एक जोडीले सुनका २ डल्ला जमिनभित्र फेला पारेका छन् । यी दुई डल्लाको मूल्य अढाइ लाख अमेरिकी डलर (३ करोड नेपाली रुपैयाँ) बताइएको छ ।

ब्रेन्ट शेनन र एथन वेस्टले सुनका यी डल्ला भिक्टोरिया राज्यको टार्नागुल्ला शहरनजिकै जमिन खनेर भेट्टाएका हुन् । उनीहरुको यो खोजलाई चर्चित टिभ शो ‘अस्ट्रेलियन गोल्ड हन्टर्स’मा देखाइएको थियो । यो कार्यक्रम बिहीबार प्रसारण भयो ।यो जोडीले मेटल डिटेक्टरको प्रयोग गरेर सुन पत्ता लगाएका हुन् ।

सुन भएको जानकारी पाएपछि उनीहरुले त्यहाँ उत्खनन गरेर सुन निकालेका थिए । सुन निकालेको पूरै प्रक्रियालाई टिभीमा देखाइएको थियो । सीएनएनसँग कुरा गर्दै एथन वेष्टले भने ‘यो निश्चित रुपले हाम्रा महत्वपूर्ण खोजहरुमध्ये एक हो ।

एकै दिन यति ठूला २ डल्ला खोज्नु साँच्चै आश्चर्यजनक छ ।’यो कार्यक्रम प्रसारण गर्ने डिस्कभरी च्यानलका अनुसार एथन वेस्ट र उनका पिताले मिलेर केही घण्टामै सुनका यी डल्ला खोजेर निकाले जसको तौल करिब साढे ३ किलो छ । यो टिभी शोमा अस्ट्रेलियाको सुदूर क्षेत्रमा सुनको खोजी गर्ने जोडीहरुको काम दर्शकहरुलाई देखाइन्छ ।

कार्यक्रममा खोजकर्ताले जमिनमा दबिएको सुनको कसरी खोजी गर्छन् भन्ने देखाइन्छ ।अस्ट्रेलियाको टिभी शो सनराइजसँग कुरा गर्दै बैन्ट शेननले भने ‘हामी एक मौका लिएर हेर्न चाहन्थ्यौं । त्यो केपल खाली मैदान थियो ।

जसको अर्थ यो पनि थियो कि त्यहाँ पहिले कहिल्यै उत्खनन भएको थिएन । एथन वेस्टका अनुसार चार वर्षमा उत्खनन गर्दा उनीहरुले सुनका शायद हजारौं टुक्रा भेट्टाएका छन् ।डिस्कभरी च्यानलले यो पनि भनेको छ कि सुनको खोजी गर्नेहरुले आफ्नो अनुमानित मूल्यको तुलनामा सुनको डल्लाको लागि ३० प्रतिशतसम्म अधिक भुक्तानी गर्न सक्छन् ।

२०१९ मा एक अस्ट्रेलियाली व्यक्तिले मेटल डिटेक्टरको उपयोग गर्दै १.४ किलो सुन निकालेका थिए । यसको अनुमानित मूल्य ६९ हजार अमेरिकी डलरभन्दा बढी थियो ।अस्ट्रेलियामा सुनको उत्खनन १८५० को दशकमा सुरु भएको थियो र आज पनि यो देशको एक महत्वपूर्ण उद्योग हो ।

एक स्थानीय वेबसाइटका अनुसार टार्नागुल्लाशहरको स्थापना पनि भिक्टोरिया गोल्ड रशको क्रममा भएको थियो र यही कारण यो एक धनी शहर हो जहाँ धेरै खोजकर्ता आफ्नो भाग्यको परीक्षण गर्न पुग्छन् ।

प्रतिक्रिया दिनुहोस