संसार नै छक्क पार्ने १५ अचम्मका जोडीहरू (भिडियो)

माया अनि भरोसा जिवन जिउने बाहाना मात्र नभइ एक आवश्यकता पनि हो ।त्यसैले हामीहरू जिवनलाइ सजिलो अनि जिवनका हरेक दुख अनि सुख संगै बाड्ने जिवनसथिको चाहाना हामी सबैमा हुन्छ अनि हामिहरू बिवाह पनि गर्दछौं ।

यो पारम्परिक पनि हुन सक्दछ अन्यथा केटा केटीको चाहाना अनुसार यसलाइ प्रेम बिवाह मा पनि परिणत गर्न पनि सकिन्छ जे होस जे भने पनि जे गरेपनि कुरा मानिसको बिवाह नै हुने हो ।

हाम्रो समाजमा भन्ने चलन पनि छ जोडी त भगवानले नै बनाएर पठाएका हुन्छन, जो मात्र एकअर्काका लागि मात्र बनेका हुन्छन तर यो दुनियाका माानिसहरू यस्ता पनि छन जो बढो बिचित्रका छन जसको बारेमा देख्दा र सुन्दा पनि सामान्य भन्दा अलि फरक नै अनुभुति हुने गर्दछ ।

राम्रो युवतीसँग विवाह गर्नको लागि पुरुष पनि योग्य हुनुपर्छ भन्ने छ । तर हाम्रो समाजमा हेर्नेहो भने सुन्दर युवतीहरु पनि उनीहरुभन्दा कम सुन्दर युवकहरुसँग विवाह बन्धनमा बाँधिएका छन् । तलको भिडियो हेरेपछि यो जोडी कसरी एकअर्काका भए होला भनेर अचम्ममा परिन्छ ।

दुलाहाका बुबाले दुलहीकी आमा भगाएपछि…
काठमाडौँ- विवाहका लागि दुलही मेहन्दी लगाउँने तयारी गरिरहेकी थिइन् ।दुलहा दुलही एक आपसमा सात फेरा लिने सपना देखिरहेका थिए । घर परिवार पनि छोरीको विवाहका लागि तयार थिए ।

त्यसैबेला दुलहीकी आमा दुलहाका पितासँग भागेको खबर आयो । यो अचम्मको खबर भारतको गुजरात स्थित सुरत जिल्लाको हो ।उनीहरु एकआपसमा युवा अवस्था देखि नै प्रेम गर्दथे । तर, कारणवश उनीहरुको विवाह हुन सकेन । उनीहरु आफ्नो अधुरो प्रेम पूरा गर्न चाहान्थे ।

उनीहरुको भेट आफ्ना छोराछारीको विवाह गर्ने बेलामा भयो ।

सोही बेला ४८ वर्षका दुलहाका पितालाई मौका बन्यो । उनले ४६ वर्षकी दुलहीकी आमालाई भगाए । उनीहरु भागेपछि परिवारले हुनेवाला विवाहका दुलहा दुलहीको विवाह रोकिदिए ।

दुलहा दुलहीको इन्गेजमेन्ट १ वर्ष अगाडि भएको थियो । दुलहीका परिवारले यो घटना प्रहरी स्टेशनमा उजुरी दर्ता गरायो । प्रहरीको अनुसन्धानमा उनीहरू भागेर विवाह गरेको पत्ता लागेको हो ।उनीहरु छोराछोरीको विवाह आउनुभन्दा २० दिन अगाडिबाट हराएका थिए ।– एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस