युवकको पेटबाट डाक्टरले निकाका यी ५० वस्तुले खुलाएको सत्यले विश्व चकित

एजेन्सी । उदयपुरको एमबी अस्पतालमा शनिवार एक सर्जरीबाट जुन–जुन बस्तु निस्किए विश्वलाई चकित बनाएको छ । भारतको राजस्थानको उक्त अस्पतालको जुन सर्जरी पछी अचम्म लाग्दो तथ्य बाहिर आएपछि अहिले दुनियाँ हैरान भएको छ ।

चिकित्सकहरुले २४ बर्षीय एक युवा गजेन्द्रको पेटको सर्जरी गरि ५० प्रकारका वस्तुहरु बाहिर निकालेका छन् । जसमा साँचो, नङकट, सिक्का, चिलिमको, काठको माला, औंठी, पिन, क्लिप आदि वस्तु छन् । सर्जरी पछि व्यक्ति स्वस्थ छन् ।

सर्जरी गर्ने विभागका अध्यक्ष डा। डीके शर्माले बताए कि युवक नशा सेवन गर्थे । उनि रक्सिसँगै चिलिम सहित कयौं प्रकारका नशा पदार्थको सेवन गर्थे । नशामा उनले भेटेका सबै कुरा निलेका थिए । १५ दिन अघि रोगी अस्पतालमा भर्ना भए ।

उनलाई पेट दुख्ने, उल्टी हुने र खाना खान खोज्दा दुख्ने समस्या भएको थियो । युवकको एक्स(रे गर्ने क्रममा पेटमा केहि चीज देखियो । फेरी दुखाई कमि गर्न सिटि स्क्यान पनि गराइयो । आमाशयमा धेरै कुरा देखियो ।

एन्डोस्कोपी पछि युवकको पेटको सर्जरी गरियो । गजेन्द्रको अपरेशन ९० मिनेटसम्म चल्यो । डा। शर्माको अनुसार धेरै जस्तो सामग्री उनको आमाशय र केहि चिज अन्य ठाउँमा भेटिएको थियो । यो कारणले एक स्थानमा गजेन्द्रको अल्सर भएको छ ।

डा। शर्माले भने अनुसार गजेन्द्र मनोरोगबाट ग्रसित छन् । यस अवस्थामा रोगी आफ्नो नजिक जे भेट्छ खाईदिन्छ, जुन खानको लागि उपयुक्त हुँदैन त्यो कुरा समेत खाईदिने यस्ता विरामीलाई सक्दो केयर गर्नुपर्छ ।

यो घटनामा अचम्म लाग्दो कुरा के छ भने साना बस्तु निल्न सजिलो भए पनि नेलकटर समेत पेटमा भेटिएको थियो । त्यस्तै सिक्री, लामो खालको साँचो, तमाखु खान प्रयोग हुने सुल्फा जस्ता चीज पेटमा थियो । चिकित्सकहरुको लागि यो सल्यक्रिया नयाँ र अचम्म लाग्दो थियो । सल्यक्रियापछी बिरामी स्वस्थ अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस