राज्यविरूद्धको कसुर गरेको भन्दै नेतृ रामकुमारी झाँक्री पक्राउ

काठमाडौं, २९ माघ । नेकपाको प्रचण्ड–नेपाल पक्षकी नेृत रामकुमारी झाँक्री पक्राउ परेकी छन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले उनकै निवास शंखमुलबाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली सुरूमा रित्तै फर्किएकाे थियाे । उनकाे निवास परिसरमा समर्थकहरूकाे नाराबाजी चलेपछि प्रहरीले पक्राउ गर्न सकेकाे थिएन । झाँक्रीले पनि पक्राउ पुर्जी लिएर आउन चुनाैती दिएकी थिइन् । प्रहरी पक्राउ पुर्जी लिएर आएपछि उनले आफैले गिरफ्तारी दिएकी हुन् ।

राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो । झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।

गोरखामा केही दिनअघि नेतृ झाँक्रीले राष्ट्रपति विरुद्ध गालीगलौज गरेको आरोप लगाउँदै नेकपा ओली समूहले विरोध गरेका थिए । उहाँलाई तत्काल पक्राउ गर्न भ

प्रतिक्रिया दिनुहोस