हेरौं तस्बिरमा‘डिम्पलवाली’ मोडल करिश्माका फरक लुक्(फोटो फिचर)

नेपाली माेडल करिश्मा ढकालको चर्चा सामाजिक संजालमा छर्पस्ट छन् । उनले अभिनय गरेका म्युजिक भिडिया अहिलेसम्म एक हजारभन्दा बढी बाहिरिसकेका छन् । अहिलेकी चर्चित र व्यस्त मोडलको रुपमा उनकोनिकै चर्चा रहेकोछ ।

‘कलाकारिताप्रति सानैदेखि रुचि राखेकि करिश्मा स्कुलका कार्यक्रममा नाच्ने, पुरस्कार जित्ने गर्थें,’ करिश्मा भन्छिन्, ‘पहिलोपटक अंकल अन्टीले ‘सेल्फी सेल्फी’ बोलको तीज गीतमा नाच्ने मौका दिनुभयो ।

त्यहीँबाट मेरो करिअर सुरु भयो ।’ करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा र लक्ष्मी मल्लले गाएका थिए भने श्रीकृष्ण बम मल्लको शब्द थियो । त्यो तीज गीत निकै चलेपछि उनको डिमान्ड बढ्न थाल्यो ।

मोडल करिश्माको अभिनय भन्दा पनि उनको डिम्पलको चर्चा हुने गर्छ । लोक संगीत पारखीमा देखिने करिश्माका फ्यानले उनको डिम्पलको चर्चा गरेका हुन्छन् । उनले पछिल्ललो समय ब्यापक रुपमा चर्चा बटुलेकी छिन् ।

‘एकचोटी त मैले एक महिनामा सत्तरी वटासम्म तीज म्युजिक भिडियोमा काम गरेँ,’ उनी सुनाउँछिन्,‘तीज नजिकिँदै जाँदा तीज भिडियोको सिजन हुन्छ । त्यसैले, म भ्याएसम्म काम गर्छु ।’

एकै दिनमा पाँच वटासम्म भिडियो खेलेको अनुभव हासिल गरेको बताउने करिश्मा खासमा हिरोइन बन्न चाहन्छिन् । भन्छिन्, ‘म यही कलाकारिता क्षेत्रमै नाम उचो बनाउन चाहन्छु । मलाई अब हिरोइन बन्ने इच्छा छ ।’ उनलाई हिरोइन बन्ने अफर पनि आइरहेको रहेछ ।

उनी भन्छिन्, ‘प्रोजेक्टहरू त्यत्ति चित्तबुझ्दो नलागेकाले एसेप्ट गरेकी छैन’ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, ओएस म्युजिक अवार्ड, सुन्दरादेवी म्युजिक अवार्डलगायतमा उत्कृष्ट मोडलको अवार्ड जितिसकेकी छिन् ।

पढाइका साथै मोडलिङ र अभिनयलाई समेत एकसाथ अघि बढाइरहेकी उनी आफूलाई परिवारको पूर्ण साथ रहेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस