रोकिएन सुनको मूल्य घट्ने क्रम, आज पनि अचम्मित पार्ने किसिमले घट्यो

काठमाडौ नेपाली बजारमा बजारमा सुनको मस्ल्य हुवात्तै घटेको छ ।

मंगलबार तोलाको २ सयले बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा ११ सय रुपैयाले घटेर ८९ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १३ सय ४० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नु होस-आफ्नो बयान फेरे पक्राउ परेका दिनेशले ! प्रहरीले पनि दियो आफ्नो स्पष्टीकरण

प्रहरीले बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका घटनाका आरोपित सार्वनजिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको ज्या न लि एको आरोपमा दिनेश भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा सार्वजनिक गरेको हो।

भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई यो घटना आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले सुरुमा भागरथीलाई भी रबाट ल डा ए ‘को र घाँ’ ‘टी थि ‘चे ‘र ‘मा ‘रि’दिए बयान प्रहरीसमक्ष दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले भट्टले भागरथीको क रणी पछि ज्या’न लि’एको बताए।

भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौ का छो पेर ज्या न लि एको उनले बताए।

उनका अनुसार आरोपी भट्टको शं’का’स्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र बयानका आधारमा भागरथीको घटनामा संलग्न भएको आशंकामा पक्राउ गरि सार्वजनिक गरिएको हो।

अहिले मृतकका दाजु शंकर भट्टले यहि घटना सम्बन्धी कसुरीमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयकै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी नायब उपरीक्षकको टोली पनि खटिएको थियो।

मृतक भागरथीको शव १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको छ। उनका आफन्तले भागिरथको ज्या न लिने व्यक्तिलाई पक्राउ गरेपछि मात्र शव बुझ्ने अडान लिएका थिए। पत्रकार सम्मेलनमा बोल्दै डीआईजी सुवेदीले चारैतर्फको द बाबका बावजुद घटनाको अनुसन्धानमा सफलता मिलेको बताए ।

‘अनुसन्धानकै क्रममा रहेकाले थप केहि रहस्य आउने बताए,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘यो त प्रारम्भिक अनुसन्धान हो, अरू अनुसन्धान हुन बाँकी नै छ ।’ प्रहरीका अनुसार अन्य प्रमाणहरू विधिविज्ञान प्रयोगशालामा पठाइएको र त्यसको रिर्पोट आएपछि थप कुरा खुल्ने बताएको छ ।

‘फरेन्सिक ल्याबमा पठाएका छौं, त्यो आएपछि सार्वजनिक गर्छौं,’ डीआईजी सुवेदीले भने । निजका गतिविधि, पोजिसन, साथीहरूको भनाइ आदिले उसको संलग्नता पुष्टि हुने प्रहरीको दाबी छ ।

‘अनुसन्धानका क्रममा प्रमाण भेटेर पक्राउ गरेका हौं । उमेरका सम्बन्धमा पनि अनुसन्धान गर्दैंछौं,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘थप व्यक्ति छ कि छैन भन्ने अनुसन्धान गर्दैछौं ।’

माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए। साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए।

‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मा’ र्ने उदेश्यले कु’रेर बसेको देखियो,’ उनले भने, ‘भागरथीलाई सडकभन्दा तल ध ‘के ‘लेर’ ल ‘डे प’ छि यो घटना घटाएको देखियो,’ डिआइजी सुवेदीले भने।

प्रतिक्रिया दिनुहोस