अन्तरजातिय विवाह गरेकी बहिनीलाई फकाएर बोलाए, दाईहरुले नै शव नै गायब बनाए

एजेन्सी । अन्तरजातीय विवाह गरेकी बहिनीलाई उनका दाईहरुले निकै माया गरेर घर बोलाए । बहिनीले कल्पना पनि गर्न सकिनन् दाईहरुको उद्देश्य के थियो ? तर अन्तरजातिय विवाह गरेकै कारण दाईहरुले नै बहिनीलाई माइत बोलाएर शव समेत गायब बनाएका छन् ।

दाइहरुले बहिनीको ज्यान लिए । यो घटना भारत उत्तर प्रदेशको मैनपुरी जिल्लाको हो। मैनपुरीकी युवतीले अन्तरजातिय विवाह गरेकी थिइन् । युवती विवाह गरेर दिल्ली युवकको घरमा पुगेकी थिइन् । उनीहरुले विश्वास दिलाएर बहिनीलाई फिर्ता बोलाए । दुई भाई मिलेर बहिनीको शव नै गायब बनाए ।

युवतीको श्रीमानले दिएको उजुरीका आधारमा प्रहरीले ति युवतीका दुई दाईलाई पक्राउ गरेको छ । तर अहिले सम्म पनि बहिनीको शव फेला परेको छैन ।

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री जेनिशा केसीलाई बलिउड अभिनेता मिथुन चक्रवर्तीले बोलाएको खुलासा भएको छ । चलचित्र ‘गिरफ्तार’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी जेनिशालाई मिथुनले बुम्बई बोलाएका हुन् । उनले धेरै नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनी पहिलो चलचित्रमा नै अभिनेता विराज भट्टसँग अभिनय गरेर चर्चामा आएकी थिइन् ।

हालै मुम्बईवाट फर्किएकी जेनिशाले आफुलाई मिथुनले बोलाएर त्यता गएको खुलासा गरेकी छन् । तर उनको बलिउडमा प्रवेश गर्ने अभिलासा भने पुरा हुन पाएन । धेरै मेहनत गर्दा पनि त्यो आशा पुरा गर्न नसकेको उनको भनाई छ । उनी विराजका धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।

उनलाई विराजको पछिल्लो चलचित्र साङ्लो बाट पनि अफर आएको थियो । तर विजनेशका कारण उक्त चलचित्र उनले गर्न सकिनन् । यस्तै हालै उनले आफु मुम्बइ गएको बताएकी छिन् । उनले बलिउड अभिनेता मिथुन चक्रवर्तीले बोलाएर मुम्बइ गएको बताएकी छन् ।

मुम्बइ गएर मिथुनले धेरै सहयोग गरेमा बलिउडमा प्रवेश गर्न सजिलो भने नभएको उनले बताएकी छन् । बलिउडमा जान पुरुष भन्दा महिलालाई झनै गाह्रो हुने जेनिशाको बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस