प्रेमको लागि ७ ज’ना’को ह’त्या गरेकी महिलालाई देशको इ’ति’हा’समै पहिलो पटक फाँ’सी दिइँदै!!!

प्रेमको लागि ७ जनाको बन्चरोले हानेर हत्या गर्ने एक महिलालाई फाँसीको सजाय दिने तयारी सुरु भएको छ । यी महिला देशको इतिहासमै फाँसीको सजाय पाउने पहिलो महिला बन्दैछिन् । स्वतन्त्र भारतमा अहिलेसम्म कुनै महिलालाई फाँसीको सजाय दिइएको छैन ।

भारत १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि मात्रै अहिलेको देश बनेको हो । त्यसअघि भारत अहिलेको जस्तो एउटै देश थिएन, त्यतिबेला त्यहाँ कैयौं राजा रजौटा र राज्यहरु थिए । १९४७ मा भारत एउटै देश बनेपछि अहिले पहिलो पटक कुनै महिलालाई फाँसी दिन लागिएको हो । सर्वोच्च अदालतले फाँसीको सजाय सुनाएकी शबनम सलीमको दया याचिका राष्ट्रपतिबाट पनि खारेज भइसकेको छ ।

शबनम आफ्ना प्रेमीको प्रेममा यतिसम्म पागल भएकी थिइन् कि उनले आफ्ना मातापिता, दाजु, भाउजु, भाइसहित ७ जनाको निर्दयतापूर्वक हत्या गरेकी थिइन् । शबनमका मातापिता उनको विवाह उनका प्रेमीसँग गरिदिन तयार थिएनन् । यही कारण शबनमले उनीहरुको हत्या गरेकी थिइन् । घटना २००८ को हो ।

उत्तर प्रदेशको अमरोहामा बावनखेडी गाउँमा शिक्षक शौकत अली पत्नी हाशमी, छोराहरु अनीस, राशिद, बुहारी अंजुम र एक्ली छोरी शबनमसँग बस्थे । पिताले एक्ली छोरीलाई निकै प्रेमपूर्वक पालेका थिए र उनलाई राम्रो शिक्षा दिएका थिए । राम्रो पढेका कारण शबनमले शिक्षामित्रमा जागिर पनि पाएकी थिइन् । यही क्रममा शबनमको गाउँमै ८ कक्षा पास युवक सलीमसँग प्रेम भयो ।

उनीहरु विवाह गर्न चाहन्थे तर अलग अलग जातिका मुस्लिम भएका कारण यो विवाहको लागि शबनमको परिवार तयार थिएन । शबनम सैफी मुस्लिम थिइन् भने सलीम पठान समुदायका थिए । परिवारको मर्जीविरुद्ध शबनमले दिनहुँजसो सलीमलाई भेट्नको लागि घर बोलाउन थालिन् । परिवारले यसको विरोध गर्थे । प्रेमीसँग भेट्न कोही बाधक नबनोस् भनेर शबनमले परिवारका सदस्यहरुलाई चुपचाप निद्राको औषधि दिन थालिन् ।

१४ अप्रिल २००८ को रात पनि शबनमले प्रेमीसँग भेट्नको लागि परिवारका सदस्यलाई निद्राको औषधि खुवाइन् । यही क्रममा आफूहरुको विवाहमा बाधक बनेका परिवारका सदस्यका विषयमा शबनमले सलीमसँग गुनासो गरिन् ।

यही क्रममा उनीहरुलाई बाटोबाट हटाउने षड्यन्त्र बन्यो । रातमा निद्राको औषधिको प्रभावमा सुतिरहेका पिता शौकत, आमा हाशमी, दाजु अनिस, भाइ राशिद, भाउजु अंजुम र फुपुकी छोरी बहिनी राबिया समेत ७ जनालाई पालैपालो बञ्चरोले काटिन् ।

हत्या गरेपछि सलीम फरार भए तर शबनम घरमै बसिन् । भोलिपल्ट बिहान रोएको नाटक गर्दै गाउँलेहरुलाई बोलाएर गुण्डाहरु आएर पूरै परिवारको हत्या गरेको बताइन् । शबनमको सुरुवाती बयानमै पुलिसलाई शंका लागेको थियो ।

उनको मोबाइल कल रेकर्ड जाँच गर्दा उनको रहस्य खुल्दै गयो । पुलिसले कडाइका साथ सोधपुछ गर्दा शबनमले आफ्नो षड्यन्त्रको खुलासा गरिन् । मुद्दाको सुनुवाइ चलिरहँदा शबनमले जेलमै सलीमको बच्चा जन्माएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस