यूएईमा चार युवतीले रुँदै भने- साहुले लुगा फेरेको बेलाको भिडियो खिच्यो

काठमाडौं। मोहमद भन्ने कम्पनीका मालिकले आजसम्म उनीहरुलाई कोठामा थु’नेर राखेका छन्। जुन कोठामा राखेका छन्, त्यस कोठामा सीसी क्यामरा जोडिएको छ। उनीहरु बस्ने, खाने, सुत्ने, लुगा फेर्ने सबै काम त्यही एउटा कोठामा गर्नु पर्ने भएकाले सबै कुरा त्यो साहुले सीसी क्यामरामा हेर्ने रहेछ।

उनीहरुले लुगा फेरेको भिडियो एक दिन पीडित युवतीले देखेपछि त्यससम्बन्धमा कुरा गर्दा सिधै तिमीहरुको शरीर हेर्नलाई खिचेको हो भन्ने साहुले जवाफ दियो।

यूएईमा महिनौंदेखि चार नेपाली युवतीलाई साहुले थु’नेर या’तना दिएको समाचार डिसी नेपालमा छापिएको थियो। चार दिनअघि छापिएको उक्त समाचार थाहा पाएर पनि म्यानपावर कम्पनी भने उद्धार गर्नुको साट्टो चुप लागेर बसेको छ। अझै ती युवतीहरुको उद्धार भएको छैन।

यसै विषयलाई लिएर वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालसँग बुझ्न जाँदा भर्खरै मात्र ती युवतीहरुको रोदन सुनेर अँध्यारो मुख लगाउँदै टाउकोमा हात राखेर बसेका रहेछन्।

उद्धारको काम कहिले हुन्छ भन्ने डिसी नेपालको प्रश्नमा उनले यसरी बिचल्लीमा पारी नेपाली चेलीहरुलाई दुख दिने म्यानपावर कम्पनीका मालिकलाई तत्काल उद्धार गर्न भनेको उनले जानकारी दिए।

पीडित युवतीहरुलाई रिदम ओभरसिज प्रालिले यूएईको मोहमद भन्ने कम्पनीमा काम गर्न पठाएको रहेछ। कोरोनाभन्दा अगाडि रिदम म्यानपावरले पाँच जना युवती पठाएकोमा एक जना युवती भने भागेर नेपाल आउन सफल भएकी छन्। चार जना भने अझै रुदैँ उद्धार गरिदिनु भनिराखेका छन्।

डिसी नेपाल प्रतिनिधि विभागमा नै भएका बेला रिदम म्यानपावरका चार/पाँच जना कर्मचारीहरु महानिर्देशक दाहालको कार्यकक्षमा प्रवेश गरे। उनीहरु र महानिर्देशक दाहाल बीच भनाभनजस्तो शुरु भयो। म्यानपावरका कर्मचारी आफ्नो बचाउ गर्दै ‘उहाँहरु (पीडित युवतीहरु) ले तलबको विषयमा मात्र कम्प्लेन गरेको झूठो कुरा बताए।

उनीहरुको दावीअनुसार, चारमध्ये एक जनाले भने नौ हजार पूरै तलब पाएको र तीन जनाले चाहिँ त्यहाँको भाषा नबुझेर समस्या भएको झूठो विवरण सुनाए। म्यानपावरका कर्मचारीले पीडित युवतीहरुले आफूहरुलाई शोषण भएको नभनेको तर डिसी नेपालको समाचार पढेर शो’षणमा परेको भने थाहा भएको बताए।

भर्खरमात्र पीडित चार युवतीहरुको रुवावासी सुनेर मर्माहत र त्यस्तो हालतमा पुर्याउने दलालप्रति आक्रोशित भएर बसेका विभागका महानिर्देशक दाहाल सो म्यानपावर कम्पनीका प्रतिनिधिहरुसँग निकै क डारुपमा प्रस्तुत भएका थिए। उनले ‘तपाईँहरुले पठाएका चेलीहरुको ना ङ्गो फो टो राखेर दुबईको साहुले ब्लाकमेल गरिराखेको छ।

प्रतिक्रिया दिनुहोस