५ महिनाकी गर्भवती बालिकासँग धुमधामका साथ विवाह सम्पन्न बन्यो भाइरल

एजेन्सी । ५ महिनाकी गर्भवती बालिकासँग धुमधामका साथ विवाह सम्पन्न भएको छ । घटना हो चीनको हेनान प्रान्तको ।जहाँकी एक गर्भवती बालिका र उनको बालप्रेमीबीच सम्पन्न विवाहको भिडियो अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

पाँच महिनाकी गर्भवती ती बालिकाले आफ्नै उमेरका १३ वर्षीय प्रेमीसँग परम्परागत रूपमा विवाह गरेको भिडियो सामाजिक संजालमा आएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।चीनको कानुनअनुसार विवाह गर्न महिला २० वर्ष तथा पुरुष २२ वर्षको हुनुपर्ने भए पनि कानुन विपरित गरिएको विबाहलाई समाजले भने मान्यता दिएको छ ।

यो पनिपढ़नु होस:कुरा गर्ने क्रममा एक्कासी मोबाइल पड्किँदा दुई छोरासहित आमाको मृत्यु

काठमाडौं – कहिलेकाही नसोचेको घटना एक्कासी हुने गर्छ । धेरैजसोले मोबाइल चार्जमा राखेर चलाउने गर्छन् । तर यस्तो बानीले गम्भिर घटना हुने गर्छ । यस्तै भारतमा पनि यस्तै एक घटना घटेको छ ।

भारतको तमिल्नाडुमा मोवाईल पड्किँदा आमा र दुई छोराको ज्यान गएको छ । चार्जमा राखेको मोवाइल एक्कासी ब्लास्ट भएपछि एकैघरका ३ जनाको मृत्यु भएको भारतिय मिडियामा जनाइएको छ ।२९ वर्षीया मथुलक्ष्मीले मोबाइल चार्जमा राखेर कुरा गरिरहेकी थिइन् । त्यसै समय कल काटे लगत्तै मोवाइल ब्लास्ट भएको बताइएको छ ।

भारतिय मिडियाका अनुसार मोबाइल पड्कीदा आगो निस्किएको र आगोले नै मथुलक्ष्मीसहित उनका ३ वर्षीय छोरा रणजीत र २ वर्षीय छोरा दक्षितको ज्यान गएको जनाइएको छ ।आगोले गम्भिर घाइते भएका उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृत घोषित गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस