९ सन्तानकी आमाले पति र छोराछोरी छाडेर १३ वर्षका अफ्रिकी किशोरसँग भागीन्

४५ वर्षकी एक ९ वच्चामकी आमा १३ वर्षका किशोरको मायामा फिदा भएपछि हंगामा मच्चिएको छ । घटना हो ब्रिटेनको । हेदी नाम गरेकी ति महिला सामाजिक सञ्जालमा मामान्डु नामका एक व्यक्तिसँग कुरा गर्ने क्रममा चिनजानकै आधारमा मायामा फसिन् । मामान्डु पश्चिमि अफ्रिकी देश गाम्बियाका हुन् ।

दुईजनाबीचको मायाले आफुले जन्माएका ९ जना छोरा छोरी र पतिलाई छाडेर १३ वर्षका किशोरसँग विवाह गरेपछि अहिले ति महिला संसारभर भाइरल बनेकी छिन् । त्यो पनि नराम्रो कर्मले । घर, पति र बच्चाहरु छाडेकी हेदीले धर्म पनि परिर्वतन गरेसँगै अहिले उनले आफन्तहरुको पनि नाक काटेको आरोप लागेको छ ।

भागेर इस्लाम धर्म अनुसार विबाह गरेकी ति महिलाले ब्रिटेनको तुलनामा महिलाहरुलाई इस्लामीकहरुले धेरै खुशी राख्ने र हेरविचार गर्ने प्रतिक्रिया दिएकी छिन् ।
काठमाडौँ । पछिल्ला दशकमा मानिसको जीवनशैलीमा निकै ठुलो परिवर्तन आएको छ। कोरोना भाइरस फैलिएपछि अहिलेको अवस्थमा मानिसहरुको जीवनमा कठिन परिस्थिको सिर्जना भएको छ। भाइरस संक्रमण हुने डरले मानिसहरु आफ्नो सामान्य जीवनशैलीमा फर्किन सकेका छैनन्।

तर, कोरोना फैलिनु अघि मानिसहरुको जीवन निकै व्यस्त रहने गर्थ्यो, जसले गर्दा आफ्नो शरीरको ध्यान राख्न पनि उनीहरुसँग प्रशस्त समय हुँदैन थियो। जसका कारण शरीरमा थकान हुने, प्रतिरक्षा प्रणालीकोस्तर कम भएकाले विभिन्न रोगहरुले च्याप्ने समस्या हुने गर्दछ।

यस्तो अवस्थामा आफ्नो दैनिक खानपानमा ५ यस्ता चिजहरु समावेश गर्दा शरीरको प्रतिरक्षा प्रणालीको सुधार हुनुका साथै शरीर कमजोर महसुस हुने समस्याहरु हटेर जाने गर्दछ।

कमजोरी महसुस भएको अवस्थामा यी ५ चिज खानुहोस् :

शुद्ध घ्यु : शुद्ध घ्यु शरीर र छाला दुवैका लाभदायिक मानिन्छ। घ्युले शरीरलाई प्रशस्त मात्रामा ऊर्जा दिनुका साथै शरीरको प्रतिरोधात्मक क्षमताको विकास पनि गर्दछ। जसले गर्दा शरीर कमजोर महसुस हुनु, थकानको महसुस हुनु, आलस्यपन महसुस हुने समस्या निर्मुल हुने गर्दछ। घ्युलाई दैनिकरुपमा खानामा मिलाएर समावेश गर्दा वा तातो दुधमा घ्यु मिलाएर पिउँदा शरीरको प्रतिरक्षा प्रणालीको सुधार हुनुका साथै अनुहारमा पनि चमक आउने गर्दछ।

केरा: केरामा प्रशस्त मात्रामा भिटामिन, क्याल्सियम, आइरन, एन्टिअक्सीडेन्ट, एन्टिब्यक्टेरियल गुणहरू पाइन्छ। यसलाई दैनिकरुपमा दुधमा मिलाइ बनाना शेक बनाएर पिउँदा शरीरको प्रतिरक्षा प्रणालीमा सुधार हुने गर्दछ। जसले गर्दा शरीरमा हुने थकान तथा आलस्यपनालाई निर्मुल गर्न मद्दत गर्दछ। दैनिकरुपमा केराको सेवन गर्दा शरीरको उर्जा पनि बढ्ने गर्दछ।

किसमीस: आइरनभरपुरमात्रा पाइने किसमिसले शरीरमा रगतको मात्रालाई सन्तुलित राख्न मद्दत गर्दछ। १२ घण्टासम्म पानीमा भिजाएर राखेको किसमिसको पानी सेवन गर्दा पेट सम्वन्धी रोगहरुको निवारण हुनुका साथै पाचन प्रणालीको पनि सुधार हुने गर्दछ। यसलाई सेवन गर्दा दैनिकरुप २०० ग्राम गर्न सकिन्छ। किसमिसलाई दुधमा उमालेर पिउँदा शरीरले प्रशस्त मात्रामा ऊर्जा पाउने गर्दछ।

तुलसी: धार्मिक महत्व रहेको तुलसीका पातहरुमा थुप्रै औषधि गुणहरू पाइन्छन्। तुलसीका पातहरुलाई कालो चियामा मिलाई पिउँदा थकान, टाउको दुख्ने समस्या र मौसमी ज्वरोको लागि फाइदाजन हुन्छ। साथै, यसले शरीरको प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँदै अन्य रोगहरुबाट बच्न मद्दत गर्दछ।

अनार एन्टिअक्सीडेन्ट, एन्टिवायरल र एन्टिब्याक्टेरियल गुणहरु भरपुर मात्रामा पाइन्छ। अनारले शरीरको रगतको मात्रालाई पनि बढाउँदछ। शरीरमा थकान महसुस हुनु, कमजोरी महसुसको मुख्य कारण भनेको शरीरमा पर्याप्त मात्रामा रगत नहुनु हो। दैनिकरुपमा एउटा अनार सेवन गर्दा शरीरले उचित मात्रामा पोषण पाउने गर्दछ। साथै यसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि सदृढ गर्दछ।

प्रतिक्रिया दिनुहोस