जस्ले श्रीमतीलाई चन्द्रमाको जग्गा खरिद गरिदिए……

काठमाडौं । मान्छेहरुले कुरा गर्दा आफ्नी प्रेमीकालाई तारा टिपेर ल्याउने वाचा गर्छन् । जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म सागरको मोति ल्याएर दिन्छु पनि भन्न सक्दिन म म त सत्य कुरा गर्छु भन तिम्रा लागि मर्छु हो..हो..हो म त तिमी बिना पागलै हुन्छु भन्ने चलचित्रको गीत निकै चर्चित भएको थियो ।

तर यो बीचमा एक व्यक्तिले श्रीमतीका लागि चन्द्रमामा जग्गा खरीद गरेको खुलेको छ । हरेकको एक दिन चन्द्रमामा जमिन किन्ने सपना देख्छन् । तर यो सपना राजस्थानको अजमेर निवासी सपना अनिजाले पूरा गरेकी छिन् । अजमेर निवासी धर्मेन्द्र अनिजाले बिहेको वार्षिकोत्सवमा चन्द्रमामा तीन एकड जग्गा उपहार दिएका हुन् ।

एएनआईसँग कुराकानी गर्दै धर्मेन्द्रले ८औं विवाह समारोहमा उनी आफ्नी श्रीमतीको लागि केहि विशेष गर्न चाहेको बताएका छन् । केही फरक गर्ने बहानामा उनले चन्द्रमामा जग्गा किनेका हुन् । उनले भने, ‘२४ डिसेम्बर हाम्रो विवाहको वर्षगाँठ थियो ।

म मेरी श्रीमतीको लागि केहि विशेष गर्न चाहन्थें । धेरै व्यक्तिहरु कार उपहार दिन्छन् वा गहना दिन्छन् ।तर म केहि फरक गर्न चाहान्थे । त्यसैले मैले चन्द्रमामा जमिन किनें ।’ धर्मेन्द्रले संयुक्त राज्य अमेरिकाको न्यु योर्क शहरमा रहेको फर्म, लुना सोसाइटी इन्टरनेसनलबाट चन्द्रमाको जग्गा किनेका हुन् । उनले बताए कि खरीदको सम्पूर्ण प्रक्रियामा एक बर्ष लाग्यो । उनले भने, ‘म धेरै खुसी छु । मलाई लाग्छ म राजस्थानको पहिलो व्यक्ति हुँ जसले चन्द्रमामा जमिन किने ।’

धर्मेन्द्रकी श्रीमती सपनाले आफुलाई पतिले यति ठूलो र अनौंठो उपहार दिन्छन् भन्ने आशा लागेको थिएन् । सपनाले भनिन्, ‘म धेरै खुसी छु। मैले आशा गरेकी थिइन् कि उनले त्यस्तो विशेष उपहार दिन्छन् ।

त्यहाँ एउटा पार्टी थियो जहाँ यस्तो लाग्थ्यो कि हामी वास्तवमा चन्द्रमामा छौं। पतिले एउटा फ्रेम दिए, जसमा सम्पत्ति कागजातहरू थिए ।’केही महिना अघि, बिहारका एक व्यक्तिले आफ्नो जन्मदिनमा चन्द्रमा एक एकड जमिन लियो । बलिउड अभिनेताबाट प्रेरित भएर उनले यो कदम चालेका थिए । बलिउड बादशाह शाहरुख खान र स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको पनि चन्द्रमामा जग्गा छ ।

प्रतिक्रिया दिनुहोस