धुलिखेलमा बाटो खन्दा फेला पर्‍यो यस्तो ऐतिहासिक मूर्ति

काठमाडौं, । काठमाडौ धार्मीक दृष्टिकोणले निकै महत्वपूर्ण ठाउँ हो । काठमाडौ उपत्यकाका तीनवटै जिल्लामा धार्मीक इतिहास जोडिएको छ । त्यसैले यहाँ उत्खननका क्रममा ऐतिहासिक बस्तु फेला पर्छन । हालै धुलिखेलमा केही समयअघि एउटा ऐतिहासिक मूर्ति फेला परेको छ । काभ्रेको धुलिखेल नगरपालिका९३, बतासे डाँडामा बाटो निर्माण गर्दा उक्त मूर्ति फेला परेको हो।

चंखुबेसी मार्ग निर्माणका लागि बाटो खन्ने, सम्याउने काम भइरहँदा उक्त मुर्ति फेला परेको हो । बाटोब नाउने क्रममा ढलान गर्न बाटो छेउमा राखिएको ढुंगा मा मुर्ती पनि थियो ।

एक दिन एक स्थानीय त्यही बाटो हुँदै जाँदा वनदेवीथान नजिक एउटा अनौठो ढुंगा देखेपछि उनले अन्यलार्य पनि देखाए र अनुसन्धान गरे । धेरैको अनुमानवाट त्यो मुर्ती निकै पुरानो र ऐतिहासिक महत्व बोकेको हो भन्ने प्रष्ट भएको छ ।

एक दिन एक स्थानीय त्यही बाटो हुँदै जाँदा वनदेवीथान नजिक एउटा अनौठो ढुंगा देखेपछि उनले अन्यलार्य पनि देखाए र अनुसन्धान गरे । धेरैको अनुमानवाट त्यो मुर्ती निकै पुरानो र ऐतिहासिक महत्व बोकेको हो भन्ने प्रष्ट भएको छ ।

मूर्तिको दायाँ हात छैन भने कम्मर मुनिको भाग छुट्टिएको छ। मूर्तिको पछाडि कलात्मक बुट्टा कोरिएको छ। स्वरूप हेर्दा विरुपाक्षको मूर्ति जस्तो देखिन्छ । तर अझै त्युका बारेमा स्पष्टक कुरा थाहा हुन सकेको छैन ।

गाउँमा मूर्ति भेटिएपछि सुरूमा बाटोछेउ एउटा मन्दिर बनाउने भनिएको भएपनि निकै परानो मुर्ती भएका कारण त्यसको संरक्षणमा जोड दिइएको छ । मूर्ति धेरै पुरानो हुनसक्ने अनुमान गर्दै । संरक्षणका लागि उनीहरूले धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । मेयर ब्याञ्जुका अनुसार उक्त मूर्तिबारे पूरातत्व विभागलाई जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस