भगवान वुद्धलाई खुशी तुल्याउन एक वौद्ध भिक्षुले आफ्नो शिर छेदन गरे

गोर्खाली खवर,

एजेन्सी, ८ वैशाख । थाईल्याण्डमा एक वौद्ध भिक्षुले भगवाद वुद्धको शरणमा जानको लागि आफैले आफ्नो वलिदान दिएका छन् । उनले अर्को जन्म राम्रो हुने र नयाँ जिवनमा आध्यात्मको नयाँ स्तर छुने र आफुले निर्वाण प्राप्त गर्ने आशाले आफ्नो शिर एउटा यन्त्रवाट काटेका छन् ।

६८ वर्षको थम्माकोर्न वांगप्रीचा नाम गरेको व्यक्तिले पछिल्लो पाँच वर्ष देखि यस प्रकृयाको लागि तैयारी गरिरहेको वताईएको छ । वांगप्रीचाले आफुले आफ्नो वलिदान दिनाले उनको नयाँ जिवन राम्रो र सरल हुने भनि मानेका थिए ।

भनिन्छ की वौद्ध धर्ममा मेरिटका कन्सेप्ट धेरै प्रचलित हो । मेरिट एक यस्तो उर्जालाई भनिन्छ, जुन राम्रो कर्म गर्नाले मात्र आउँछ । यसवाट मानिसको परिस्थितिहरु पनि सकारात्मक भएर आउछ । वौद्ध धर्म अनुसार यसवाट हुने नयाँ जन्म पनि प्रभावित हुन्छ । मेरिटलाई मोक्षको वाटोसँग पनि जोडेर हेर्ने गरिन्छ ।

वांगप्रीचा उत्तर पूर्वी थाईल्याण्डको एक मन्दिरमा पछिल्लो ११ वर्ष देखि सेवा गरिरहेका थिए । उनको पार्थिव शरिर सवै भन्दा पहिला उनको आफन्तले देखेका थिए । वौद्ध भिक्षुको आफन्तले यस वारेमा वताउँदै आफ्नो शरिर र आत्मा भगवान वुद्धलाई दिन चाहन्थे ताकी भगवानले उनलाई अर्को जन्ममा एक आध्यात्मिक व्यक्तिको रुपमा यस दुनियामा फिर्ता पठाउन सकोस ।

वांगप्रीचाले अन्य पुजारीहरुलाई यस वारेमा भनेका थिए की चाँडै नै मन्दिरमा आफ्नो सेवा सकिन गइरहेको छ । तर उनले उठाउने मुस्किल र खतरनाक कदम वारे केही जानकारी नदिएको वताउँछन् । प्रहरीले उक्त वौद्ध भिक्षुको सव पोष्टमार्टमको लागि पठाएको छ । उनको शरीरलाई एक वक्सामा राखेको र टाउको एक जारमा राखेको थियो । त्यसपछि जंगलमा लगेर उनको अन्तिम संस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस