आज धुर्मुस-सुन्तलीकी प्यारी छोरी सुबिहानीको जन्मदिन, पाइन् यस्तो आशिर्वाद हेर्नुहोस्

काठमाडौं- आज चैत १ गते, धुर्मुस-सुन्तलीकी प्यारी छोरी सुबिहानीको जन्मदिन परेको छ। यसै अवसरमा धुर्मुस-सुन्तली यस्तो लेख्छन्।, हेर्नुहोस् :

हाम्री घरकी लक्ष्मी हाम्री छाेरी शुभिहानी कट्टेलकाे जन्मदिन अाज! छाेरीलाई हजुरहरुकाे अाशिर्वाद र माया मिलाेस ताकी हाम्री छाेरी सधै ज्ञानी, स्वस्थ ,सुखि अनि खुशी रहुन । happy birthday xori love u so much

तिमी साच्चिकै लक्ष्मी हौं छोरी ! तिमिलाई समय दिन नपाउदा जति हामीलाई पछुतो छ । त्यो भन्दा बढी तिमी ज्ञानि , बुझकी र असल छौँ हाम्रो लागि सबैभन्दा खुशी त्यहीँ नै हो । तिमी हाम्रो जिवनमा खुशी मात्र नभएर प्रेम , सद्भाव र मायाको खानी भएर आएकी छौँ ।

कठिन परिस्थितिमा पनि तिमिलाई हेरेर , सम्झेर हामी आत्मबल बढाउने गर्दछौं । त्यसैले हाम्रो लागि तिमी सबथोक हौ छोरी । जन्मदिनको धेरै धेरै सुभकामना छोरी तिमीलाई # Happy birthday to you dear lovely xori subihaani

त्यसैगरी कुमार कट्टेल लेख्छन्: जन्मदिनको धेरै धेरै शुभकामना छोरी सुबु

प्यारी छोरी सुबिहानीलाई हामी सबै नेपालीको तर्फबाट पनि जन्मदिनको लाखौँलाख शुभकामना र धेरै धेरै माया।

प्रतिक्रिया दिनुहोस