कोरोना संक्रमितहरुमा देखिने ‘घातक असर’ कालो ढुसीको प्रभाव नेपालमा पनि बढ्यो

काठमाडौं । कोरोना संक्रमितहरुमा देखिन थालिएको घातक असर म्यकुरमाइकोसिस अर्थात् कालो ढुसीको प्रभाव नेपालमा पनि बढ्न थालेको छ । नेपालमा कोरोना संक्रमण भएर निको भएका दश जनालाई कालो ढुसीको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कालो ढुसी संक्रमणबाट बीरगञ्जमा ३ जनाले ज्यान गुमाएका छन् । मानिसको प्राण नै लिनसक्ने कालो ढुसीको संक्रमणप्रति सचेत हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कालो ढुसीको संक्रमण भएका बिरामीहरुमा ज्वरो निरन्तर आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने लगायत लक्षण देखिने मन्त्रालयले जनाएको छ ।

४५ देखि ६५ उमेर समूह, मधुमेह तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, धेरै किसिमको एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरुमा यसको संक्रमणको जोखिम रहन्छ ।

कालो ढुसी संक्रमणको लक्षणाहरू…

– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने ।

– ज्वरो आउने ।

– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने ।

प्रतिक्रिया दिनुहोस