अमेरिकाबाट यसकारण भारत फर्किन बाध्य भएकी थिईन प्रियंका

बलिउडसँगै हलिउडमा पनि ख्याति कमाउन सफल भएकी प्रियंका चोपडाले आफ्नो नयाँ पुस्तकमा जीवनका रोचक प्रसंगहरु खुलाएकी छिन्। पुस्तक ‘अनफिनिस्ड’ मा प्रियंकाले विद्यालय जीवनमा आफ्नो प्रेमीलाई घरमा बोलाएको र आफ्नी आन्टी एक्कासी घर आएपछि आफूले प्रेमीलाई दराजमै लुकाउने अवस्था सिर्जना भएको उल्लेख गरेकी छिन्।

पुस्तकका अनुसार प्रियंकाको उक्त प्रेमीको नाम बब थियो। आफूले बबलाई असाध्यै माया गर्ने गरेको पनि उनले बताएकी छिन्। भारतीय संचारमाध्यम जुमका अनुसार प्रियंका र बबको कक्षा दशमा पढ्का प्रेम सम्बन्ध थियो। त्यसबेला प्रियंका आफ्नी आन्टी किरणसँग अमेरिकाको इन्डियानापोलिसमा बस्थिन्।

जुमका अनुसार पुस्तकमा प्रियंकाले लेखेकी छिन्,‘एक दिन बब र म हात पक्रिएर सोफामा सँगै बसेर टिभी हेरिरहेका थियौं। मैले झ्याल बाहिरबाट आन्टी आइरहेको देखे। म निकै डराएको थिए। त्यसबेला दिउँसोको २ बजेको थियो र आन्टी सँधै आउने समयभन्दा चाँडै आउनु भएको थियो। बब घर बाहिर जाने सम्भावना थिएन। त्यसकारण मैले बबलाई दराजमा लुकाए।’

पुस्तकमा उनकी आन्टीले दराज खोल्न लगाएको र बबलाई देखेको प्रसंग समेटिएको छ। पुस्तकमा भनिएको छ,‘मैले आन्टी त्यसरी रिसाएको कहिल्यै देखेको थिइन्।’ उक्त घटनापछि आन्टीले आमालाई फोन गरेर वृतान्त सुनाएको र त्यसपछि नै आफू भारत फर्किएको प्रियंकाले लेखेकी छिन्।भारत फर्किना साथ प्रियंकाले मिस इन्डियामा भाग लिएको र मिस इन्डियाको ताज पहिरिएपछि नै उनले मिस वर्ल्डको उपाधि पन जितेकी थिइन्। मिस वर्ल्ड जित्दा प्रियंका १८ वर्षकी थिइन्।

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग

बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशीमुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो

गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।

सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने बिध्या खोज्न हिडेका थिय। छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो। आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु, बिषयको जानकारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन।

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक थप १ हजार ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आईतवार काठमाडौं उपत्यकामा थपिएका १ हजार ५९९ जना कोरोना संक्रमित मध्ये १ हजार ३७३ जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ७८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । यो संख्या कोरोनाको उद्गम मुलुक चीनको भन्दा धेरै हो। नेपालमा संक्रमितको संख्या बढ्दै जाँदा जोखिम पनि उत्तिकै बढीरहेको छ । चीनमा अहिलेसम्म ८५ हजार ४५० रहेको छ भने ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ३२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २२ हजार २१९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ८९३ जना र संस्थागत आईसोलेसनमा १० हजार ३२६ जना छन् । तिमध्ये २२६ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २०३ जना रहेका छन् ।यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिराहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । हिजो (शनिवार) नेपालमा २ हजार १२० जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ४४ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस