आफ्नो पति रितेश देशमुखको हरकतले जेनेलिया रिसले आगो………

गोर्खाली खवर,

वलिउडको सवै भन्दा क्यूट कपलको रुपमा रितेश देशमुख र जेनेलिया डिसूजालाई लिईन्छ । दुवै सोशल मिडियामा एक्टिभ हुने गर्छ र उनिहरुका फोटो र भिडियोहरु भाईरल भईरहन्छन् । उनिहरुका यस्ता फोेटो र भिडियोहरुले फ्यानको धेरै माया पनि पाउने गरेको छ । हालसालै पनि जेनेलिया र रितेशको एक भिडियो ज्यादै भाईरल भईरहेको छ ।

उक्त भिडियोमा एक्ट्रेस प्रीति जिंटा पनि छन् । जेनेलियाले यसलाई वढो फनी अन्दाजमा वनाएको देखिन्छ र प्रीति सँग डाहा लागेको पनि देख्न सकिन्छ । यो भिडियो दुईवटा क्लिप मिलाएर वनाईएको छ । पहिलो क्लिपमा एउटा एवार्ड फंक्सन चलिरहेको छ । जहाँ प्रीति जिंटा आउँछिन् र रितेशले उनिसँग अंगालो मारेर औपचारिक किस गर्छन् ।

रितेश प्रीतिसँग हाँसी हाँसी कुरा गरेको पनि देख्न सकिन्छ । त्यो वेला सँगै उभेकी जेनेलियाको अनुहारमा प्रीति प्रति जलन डाहा भएको सजिलै देख्न सकिन्छ । हुनत उनको अनुहारमा मुस्कान पनि देख्न सकिन्छ । तर यो मुस्कान नक्कली भएको थाहा पाउन सकिन्छ ।

अनि दोश्रो क्लिप्समा जेनेलिया ज्यादै रिसाएको र रितेशलाई पंच हानी रहेको देख्न सकिन्छ । उक्त रितेशले जेनेलियालाई हात जोडीरहेको र लडिरहेको देख्न सकिन्छ । व्याकराउण्डमा गाना वजिरहेको सुन्न सकिन्छ । यो भिडियोलाई फ्यानहरुले धेरै लाईक पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस