चिया पिउनुहुन्छ ? एक पटक अवस्य पढ्नुहोस ।

धेरैको घरमा एकै तरिकाले चिया बनाइन्छ । पानी, दुध, चीनी, चियापत्ती हालेर उ’मालिन्छ । केही मसला हाल्नुछ भने उ’म्लिएको केही समयपछि हालिन्छ र एकछिन पुनः उ’मालिन्छ । तर यो विधीलाई गलत मानिन्छ । त्यसो भए चिया बनाउने सही तरिका के हो । दिनमा कति कप चिया पिउने वा खाली पेटमा चिया पिउनु हुन्छ, हुँदैन भन्नेबारे यहाँ जानकारी दिइएको छ ।

चिया बनाउने सही तरिकाः
एउटा भाँडोमा पानी लिनुहोस् । त्यसलाई उ’माल्नुहोस् । पानीलाई आधा मिनेटभन्दा बढी नउमाल्नुहोस् । त्यसपछि एउटा सुख्खा भाँडामा चियापत्ती हाल्नुहोस् र त्यसमाथि तातो पानी खन्याउनुहोस् ।

५–६ मिनेटका लागि भाँडो छो’प्नुहोस् । त्यसपछि एउटा कपमा छानेर हाल्नुहोस् । अब स्वाद अनुसार दुध र चीनी हाल्नुहोस् । एक कप चिया बनाउनका लागि आधा चम्चा चियापत्ती ठिक्क हुन्छ । चियापत्ती, दुध र चीनीलाई सँगै हालेर उमाल्नु चिया बनाउने सही तरिका होइन । यसो गर्दा चियाको सबै फाइदा न‘ष्ट हुन्छ । यसरी चिया बनाउँदा चीया वा कफी स्ट्र’ङ्ग हुन्छ र यो थप क’डा हुन्छ । त्यसकारण यस्तो चिया पिउनुको कुनै फाइदा छैन ।

कहिले पिउने चिया ?

हुन त चिया जहिले पनि पिउन सक्नुहुन्छ तर बेड टी अर्थात्, उठ्ने बित्तिकै चिया पिउनबाट बच्नुहोस् । वास्तवमा, राती सुत्दा र आराम गर्दा आ’न्द्रा फ्रेश हुन्छ त्यसकारण बिहान उठ्ने बित्तिकै चिया पिउनु सही हुँदैन । अबेर राती चिया पिउँदा निन्द्रा नलाग्ने स’मस्या पनि हुनसक्छ ।

चियासँग के खाने ?

जसलाई ए’सिडिटीको समस्या छ उनीहरुले कहिले पनि चियामात्रै खानुहुँदैन । उनीहरुले चियासँग थोरै बिस्कुट वा पाउरोटी खानुपर्छ । यस्तै, ग्रीन टी हर्बल ड्रिं’क हो त्यसकारण यसलाई खाली पेट खाँदा राम्रो हुन्छ । योसँग केही नखाँदा यो लाभकारी हुन्छ ।

एक दिनमा कति चिया पिउने ?

मानिसहरु दिनमा ५–१० कपसम्म चिया पिउने गर्छन् तर जे कुरा पनि अत्यधिक भयो भने यसले फाइदाको साटो हा’नी गर्ने गर्छ । दुध वा चीनीबिनाको हर्बल चिया हो भने जतिपटक पनि पिउँदा भयो तर दुध चिया दिनमा ३ कपभन्दा बढी पिउनु हुँदैन ।

ता’त्तातो चिया पिउनु कति सही ?

चिसो वा पानी पर्दा मानिसहरु तात्तातो चियाको माग गर्छन् । कहिलेकाँही ता’त्तातो चिया पिउँदा मुखसमेत पो’ल्छ जबकी चियालाई कपमा राखेको २–३ मिनेटपछि मात्र पिउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस