गोर्खाली खवर,
न्यूयोर्क स्थित माउन्ट सिनाई हस्पिटलले हालै गरेको एक अनुसन्धानवाट प्रदुषणको मात्रा वढेको कारणले पुरुषको लिङ्गको आकार छोटो हुँदै गईरहेको वताइएको छ । वच्चाहरु विकृत जनन्द्रियका साथ जन्मिरहेको जनाएको छ ।
उक्त हस्पिटलमा इन्भाइरोमेन्टल मेडिसिन एण्ड पब्लिक हेल्थको प्रोफेसर डा. शान्ना स्वानको मुताविक सिर्फ लिङ्गको आकार मात्र छोटो भएको होईन, मानवको प्रजनन क्षमतामा नै असर भईरहेको जनाएको छ ।
डा. स्वान भन्नुहुन्छ, मानवको अस्तित्वमा नै संकट आईरहेको छ । स्टडीवाट एक यस्तो खतरनाक रसायनको पत्ता लागेको छ जसले मानवको प्रजनन क्षमता ह्रास गर्दैछ । साथै यसैको कारणले लिङ्ग पनि संकुचित हुँदैछ ।
स्वानले पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्गलाई ट्विट पनि गरेका छन् । यसमा भनिएको छ, प्रदुषणको मामिलामा म ग्रेटाको साथ छु ।
पर्यावरण कार्यकर्ता ग्रेटा थनवर्गले पनि यो सम्वन्धि ट्विटमा भनेका छन्, तपाईहरु सवैसँग जलवायु हड्तालमा भेट्छौं । यो वाहेक वलिउड अभिनेत्री दीया मिर्जा पनि लेख्छिन् अव शायद दुनियाले जलवायु संकट र प्रदुषणलाई गंभिरतापुर्वक लिन्छन् ।
स्काई न्यूज अनुसार डा. स्वान भन्छन्, प्रदुषणको कारण पछिल्लो केही सालवाट छोटो आकारको लिङ्ग भएका वच्चाहरु जन्मिरहेका छन् । आधुनिक दुनियाँमा पुरुषको स्पर्म घटिरहेको, महिला र पुरुषको जनन्द्रियहरुमा परिवर्तन आईरहेको र मानव नस्ल समाप्त हुने भनिएको छ । मुसामा गरिएको एक अनुसन्धानमा पनि प्रजनन अंग छोटो भएको जनाएको छ ।