गोर्खाली खवर,
एमपीको सागर जिल्लाको एक सरकारी स्कुलको शिक्षक सीएच श्रीवास्तवले आफ्नो स्कुटरमा यता उता लान मिल्ने लाइब्रेरी वनाएका छन् ।
यस लाइब्रेरीमा वच्चाको कोर्स सम्वन्धि सवै किताव उपलव्ध हुनाको साथै अन्य जरुरी किताव पनि प्राप्त गर्न सकिन्छ । वच्चाहरु जसले अनलाईन शिक्षा लिन पाएनन् उनिहरुले यो लाईब्रेरीको ज्यादै प्रयोग गरि आफ्नो पढाई गरिरहेका छन् ।
शिक्षक सीएच श्रीवास्तव भन्नुहुन्छ, यो लाइव्रेरीको प्रयोग गर्ने धेरै वच्चाहरु गरीव परिवारसँग सम्वन्धित छन् । कमजोर आर्थिक स्थितिको कारण फोन र ल्यापटप किन्न नसक्ने र कोभिडको कारण वच्चाहरुको पढाईमा ज्यादै असर गर्यो ।
यहि सोचेर एउटा सानो लाइव्रेरी वनाएँ जसमा वच्चाहरु आरामले पढाई गरिरहेका छन् । उक्त लाईव्रेरीमा वच्चाहरुको कोर्षको किताव वाहेक कथाहरु, कविताहरुका किताव पनि पाईन्छ ।
शिक्षक श्रीवास्तवको कामको सवै तिर तारिफ भईरहेको छ ।