आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) नेपाली बजारमा सुनको भाउ बढेको छ। अघिल्लो दिन ४ सय रुपैयाँले घटेको सुन आज भने प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यो पनि पढ्नुहोस

एक हप्तासम्म लगातार बिहान खाली पेटमा किसमिसको पानी पिउनुहोस्, आफै देख्नुहुनेछ चमत्कार

काठमाडौँ । अंगुरलाई सुकाएर किसमिस बनाइन्छ। यसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ।यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। तर आयुर्वेद अनुसार दैनिक किसमिसको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुन्छ।

भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किसमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ।

कसरी बनाउने किसमिसको पानी एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किसमिस हाल्नुहोस् र रातभरी छोडिदिनुहोस्। बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किसमिसलाई मज्जाले चपाएर खानुहोस्।किसमिस एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो। यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ।

यो पनि पढ्नुहोस
अनुहार भन्दा हात कालो भएर चिन्तित हुनुहुन्छ ? यी घरेलु उपाय…यी हुन् मृगौला फेल हुन लागेका प्रारम्भिक संकेत, यी उपायबाट सकिन्छ बच्नकिसमिसमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ।

किसमिसमा एन्टिब्याक्टेरियल गुण हुन्छ। जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ ।किसमिसमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ।

यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ । त्यसकारण किसमिस र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ।किसमिसमाफाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ।

प्रतिक्रिया दिनुहोस