कट्रीना र विक्कीले गरे बिवाह !

मुम्बई । बलिउड अभिनेत्री कट्रीना कैफ र विक्की कौशल प्रेम सम्बन्धमा छन् । उनीहरुको अफेयरबारे धेरै चर्चा चलिरहन्छ । कहिले इन्गेज्मेन्ट त कहिले विवाहका खबर सार्वजनिक भइरहन्छन् । के उनीहरुले बिवाह गरेका हुन् त ? रोका समेत भइसकेको हल्ला चलेपनि यसबारे दुवैले पुष्टि गरेका छैनन् ।

अहिले अभिनेत्री कट्रीना कैफ तथा अभिनेता विक्की कौशलले इन्गेज्मेन्ट गरेको खबर सार्वजनिक भएको छ । बलिउडमा अहिले उक्त कुराको चर्चा चुलिएको छ । अहिले इन्गेज्मेन्टको खबरको औपचारिक घोषणा गरिएको छैन तर सामाजिक सञ्जालमा उनीहरुलाई बधाईको ओइरो लागेको छ । भाइरल भयानीको इन्स्टाग्राम ह्यान्डलमा एउटा पोस्ट शेयर गरिएको छ, जसमा इन्गेज्मेन्टको हल्ला मात्र हो भनिएको छ ।

पर्दामा पहिलो पटक विक्की र कट्रिना

दुई वर्षअघि भएको स्टार स्क्रिन अवार्डमा कट्रीना र विक्कि आमने सामने थिए । त्यतिबेला विक्किले ख्याल ठट्टामा विक्किले कट्रीनालाई विवाहको प्रस्ताव राखेका थिए । उनले प्रस्ताव राख्ने बित्तिकै ‘मुझसे सादि करोगी’ भन्ने गीत बजेका थियो । त्यसपछि त्यहाँ उपस्थित सबै हाँसेका थिए ।

त्यतिबेला सलमान खानको प्रतिक्रिया हेर्न लायक थियो। सलमान खानले त्यति बेला बहिनी अर्पितासँग बसिरहेका थिए। विक्किको कुरा सुन्ने बित्तिकै बहिनीको टाउकोमा टाउको राखे । त्यसपछि कट्रीनाले विक्किलाई उत्तर दिइन्, ‘हिम्मत छैन’। त्यसपछि सलमान खान बेस्सरी हाँस्न थाल। उक्त भिडियो त्यतिबेला निक्कै भाइरल भएको थियो । उनीहरुको प्रेमको सुरुवात त्यसबेला देखि नै भएको बलिउडामा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस