श्रीमतीलाई धन कमाएर छिट्टै फर्किन्छु भनेका डिक्सेर मलेसियामै अ`स्ताए !

मलेसियाको अस्पतालमा उपचाररत रहेका एक नेपाली श्रमिक’को मृ’त्यु भएको छ। नेपाल ठेगाना पाँचथर जिल्ला , फाल्गुनन्द गाउँपालिका वडा नम्बर ७ साबिक आङ्सारा ५ खोक्राहा निवासी बर्ष २८ का नेपाली श्रमिक डिक्सेर आङ्गदेम्बे’को मृ’त्यु भएको हो।

आजभन्दा करिब डेढ बर्ष पहिले सन् २०१९ को अगस्ट महिनामा वैदेशिक रोजगारीको निम्ति मलेसियाको ग्लोबल सेक्युरिटी नामक एक सेक्युरिटीमा कम्पनीमा सुरक्षागार्डमा काम गर्न आएका डिक्सेर आङ्देम्बे बिगत लामो समयदेखी बारम्बार बान्ता हुने रोगबाट ग्रसित भैइ बिरामी परेर मलेसियाको जोहोरबारुमा अवस्थित अस्पतालमा भर्ना भैइ उपचाररत रह्दै आएका थिए ।

तर जतिसुकै उपचार गरेपनि स्वास्थ्यमा पुर्ण रुपमा सुधार नआएपछि रोजगारदाता कम्पनीले डिक्सेरलाई स्वदेश फर्काउने सम्पुर्ण तयारी पूरा गरेर गएको महिना फेब्रुअरीको २० तारिखको हवाई टिकट काटीदिइएको थियो।,

तर दु’र्भाग्य’बस मलेसियाको एयरपोर्ट पुगेर पनि एयरलाइन्स कम्पनीले डिक्सेर’को स्वा’स्थ्य अवस्था ग’म्भीर रहेको र को’रोना सं’क्रमित रहे’को भन्दै स्वदेश फर्काउन मानेनन्। त्यस पश्चात् पुनः थप स्वास्थ्य उपचारको लागी साहआलममा अवस्थित एक अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालमा उपचाररत रहेको डिक्सेरको हिजो मिति सन् २०२१/०३/०४ तारिखको दिन अस्पताल’मै मृ’त्यु भए’को फाल्गुनन्द एकता समाज मलेसियाको संस्थापक , र नेपाली ब्यावसायी तथा समाजसेवी समेत रहेका कृष्ण बहादुर आङ्देम्बेले जानकारी गराउनुभयो।

परिवारको सहमती , रोजगारदाता कम्पनी र नेपाली दूतावास लगायतको सम्बन्धित निकायसंगको सहयोग,समन्वयमा आवश्यक कानुनी कागजातहरुको प्रक्रिया पूरा गरि मृतक डिक्सेरको अ’न्ति’म दा’हसं’स्कार यतै मलेसियामै गरिने तयारी गरिरहेको समाजसेवी कृष्ण आङ्देम्बेले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस