अमिताभ वच्चनसँग पहिलो नजरमा नै जया वच्चनलाई भएको थियो प्रेम !! फिल्मी लवस्टोरी

गोर्खाली खवर,

एजेन्सी २६ चैत्र । वलिउडका महानायक अमिताभ वच्चनको चर्चा चलि नै रहेको हुन्छ । कारण जे पनि हुन सक्छ, वच्चन साहेवको कनेक्सन त भई नै हाल्छ । अव एक्टरले आफ्नो क्षमतावाट यस्तो प्रशिद्धि हासिल गरेको कारणले पनि उनको अलि धेरै नै चर्चा हुने गरेको छ ।

अमिताभ वच्चनकी धर्मपत्नी तथा राजनितिक गतिविधिवाट खवरमा रहिरहने जया वच्चनले सहि समयमा साथ दिएकी थिईन् । मुश्किल समयमा सहारा दिएकीले अहिले खुशीको समय विताउन पाईरहेका छन् ।

अमिताभको शुरुवाती क्यारियरमा १२ फिल्म फ्लप भए पछि उनि वलिउड छोड्न चाहन्थे । उनि मुम्वई फिर्ता गइरहेका थिए । तर जव उनले फिल्म जंजिर साइन गरे जसमा उनको अपोजिट थियो जया वच्चन । त्यही समय थियो अमिताभ वच्चनसँग कोही पनि नायिका काम गर्न चाहँदैन थे । कारण सिम्पल थियो अमिताभले कुनै खास फिलिम गरेको थिएन । तर जव जया वच्चनले अमिताभसँग फिल्म गरे तव दुवैको जिंदगी सधैंको लागि वदल्यो ।

अमिताभ र जयाको प्रेम कहानी पनि ज्यादै फिल्मी नै छ । उनिहरुको लव स्टोरीमा एकतर्फ पागल प्रेम छ भने अर्को तर्फ एक अर्काले कहिले नछोड्ने संकल्प छ । जया वच्चन भन्छिन्, उनको अमिताभ वच्चनसँग पहिलो भेट धेरै वर्ष अघि पुणेको फिल्म इंस्टीट्यूटमा भएको थियो । त्यहाँ जया पढ्न गएकी थिईन । तर त्यो वेलासम्म अमिताभ फिल्ममा धक्का खाईरहेका थिए । तर किनकी यो जोडी खास थियो त्यसैले उनिहरुको कनेक्सन पनि वलियो देखिएको थियो । जयालाई अमिताभसँग पहिलो नजर मै प्यार भएको थियो ।

जया भन्छिन्, अमिताभ वच्चनलाई आफु पातलो भएको कारणले धेरै किसिमको कुरा सुन्न पथ्र्यो । पुणेको इंस्टीट्यूटमा त धेरै मान्छेले उनलाई लट्ठी भनि वोलाउँथ्यो । यस कुरावाट जया धेरै दुःखी हुन्थिन् । उनि अमिताभको लागि आफ्नो साथिहरुसँग लड्थिन् ।

अमिताभले पनि जया वच्चनको वारे रमाईलो कुरा वताए । अमिताभले जयालाई पहिलो चोटी एक म्यागजिनको कभरमा देखेका थिए । उनलाई पनि पहिलो नजरमै ड्रिम गर्ल भेटेको महशुस भएको थियो ।

दुवैको मनमा एक अर्का प्रति प्रेम थियो । त्यस पछि भेटघाटको सिलशिला शुरु भयो । पहिले एक दुई चोटी त्यस पछि लगातार भेट भयो । यहि भेटघाटवाट नै एक अर्काको नजिक ल्यायो र प्रेम झन गाढा भयो ।

त्यस पछि उनिहरुको जंजिर फिल्म सफल भयो । अमिताभ र जयाले सफलताको उत्सव मनाउन विदेश जान चाहन्थे । तर अमिताभको वावुले विदेश जाने भए पहिले विवाह गर र जाउ भने । त्यसपछि वावुको आज्ञाको पालना गरि अमिताभले जया सँग १९७३ मा विवाह गरे ।

त्यसपछि त झन उनिहरुको सम्वन्ध प्रगाढ हुँदै गयो । उनिहरुको यो प्रगाढता जंजिर, अभिमान, चुपके चुपके, मिलि, शोले र कभि खुशी कभि गम जस्तो फिल्ममा देखियो । वलिउडले अमिताभ र जयाको जोडीलाई अल टाई हिट्स् जोडिको रुपमा लिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस