हलिउड स्टार मार्गोट रावी चियाको शौकिन, कस्तो छ त उनको दैनिकी ?

गोर्खाली खवर,

एजेन्सी, २६ चैत्र । हलिउड स्टार मार्गोट रावी आफु चियाको शौकिन भएको वताएकी छिन् । अष्ट्रेलिवाट लण्डन आएपछि उनलाई यसको लत लागेको वताएकी छिन् ।

उनले एक साक्षात्कार कार्यक्रमको व्रेकफास्टमा म साधारणतया चिया पिउँँछु र एक इम्युनिटी वुस्टर स्मुदी पिउँछु भनेकी छिन् । लंचमा चिकेन सदाल र रातमा टुना स्टिक, स्विट पोटाटोको साथमा लिन्छु । तर यो भन्दा वाहेक दिन भर चिया पिईरहन्छु । व्रिटेनमा वस्न थाले पछि मलाई चियाको लत नै लाग्यो ।

हलिउडमा आफ्नो क्यारियर वनिरहेको केही वर्ष अमेरिकामा वसेकी थिईन् । उनलाई वर्गर र वियर ज्यादै मन पर्ने वताएकी छिन् । लण्डनमा वस्दा उनलाई एक मेक्सिकन रेष्टुरेन्ट साह्रै मन परेको पनि वताईन ।

प्रतिक्रिया दिनुहोस