कमेडियन भारती सिंहको फिल्म डाइरेक्टर रोहित शेट्टीको पत्नी वन्ने सपना !!

गोर्खाली खवर,

एजेन्सी, २८ चैत्र । कमेडीमा तड्का लगाउनले उद्देश्यले भारती सिंह हरेक पटक अलग अलग स्टाईलले दर्शकहरुलाई मनोरन्जन दिइरहेको देखिन्छ ।

यहि कमेडीको शिलसिलामा भारती सिंहको फिल्म डाईरेक्टर रोहित शेट्टीको पत्नी वन्ने सपना हुन्छ । जहाँ भारती सिंह रोहित शेट्टीको घर रोहित टावर्सको मालिक्नी वन्न चाहन्छिन् ।

यसै विच रोहित शेट्टीको लागि भारतीको प्रेम हामीहरुले कलर्स च्यानलवाट आउने रियालिटि शो खतरोंका खेलाडीमा देखेकै छौं । जहाँ भारती उक्त शो को होस्ट रोहितको साथ फ्लर्ट गरिरहेको देख्न सकिन्छ ।

भारती सिंहले आफ्नो सोशल मिडियामा एक भिडियोको शेयर गरेकि छिन्, जसमा उनि रोहितको घरमा आराम गरिरहेकी र नोकरहरुलाई गाली गरिरहेको देख्न सकिन्छ । उक्त भिडियोमा जसलाई उनले गाली गरिरहेकी हुन्छिन् ति सवै उक्त रियालिटि शो मा पहिला भाग लिईसकेका प्रतियोगीहरु हुन्छन् ।

भिडियोमा नोकरको रोलमा जस्मिन भसीन, निया शर्मा, करण वाही र हर्ष लिंवाचिया देखिन्छ । उक्त भिडियोलाई कमेडि स्टाईलमा सुट गरिएको थियो । उक्त भिडियोलाई फ्यान्सले ज्यादै मन पराएका छन् ।

यो भिडियोलाई दखेर लाग्छ कि यो कुनै उनको अपकमिंग शो हुनु पर्छ । उक्त भिडियो शेयर गरेर क्याप्सनमा भारती लेख्छिन्, “सपना त सपना नै हो, आफ्नो सपनासँग प्रेम गर्नुस् …..”

 

प्रतिक्रिया दिनुहोस